गणतन्त्र दिवसको अवसरमा खुला दौड प्रतियोगिता « Khabarhub

गणतन्त्र दिवसको अवसरमा खुला दौड प्रतियोगिता


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चौतारा– अठारौँ गणतन्त्र दिवसका अवसरमा जिल्ला सदरमुकाम चौतारामा आज खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा पाँच किलोमिटर खुल्ला पुरुष, पाँच किलोमिटरमा ४० वर्षमाथिका पुरुष र तीन किलोमिटर महिला खुला दौड प्रतियोगिता भएको हो ।

पाँच किमीअन्तर्गत खुला पुरुष दौडमा इन्द्रध्वज गणका सागर विक प्रथम, अमृत बयलकोटी द्वितीय र रामबहादुर सुनारी तृतीय भएका छन् । विक निर्धारित दूरी १८ मिनेट १६ सेकेन्डमा पार गर्दै प्रथम भए  । बयलकोटीले १८ मिनेट ४४ सेकेन्डमा र सुनारीले १९ मिनेट सात सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय भएका हुन्।

पाँच किमीअन्तर्गत ४० वर्षमाथिका पुरुषतर्फ चौतारा साँगाचोकगढी नगरपालिका–१३ का दुर्गाप्रसाद ढुङ्गेलले २३ मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम भए । सशस्त्र प्रहरीका राजु कोइरालाले २५ मिनेट ५२ सेकेन्ड र जगतबहादुर भुजेलले २६ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय भए।

तीन किमी महिला दौड प्रतियोगितामा चौतारा साँगाचोकगढी–७ की निमा तामाङले १७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम भइन् । चौतारा साँगाचोकगढी–७ कै स्मृति श्रेष्ठले १९ मिनेट ४४ सेकेन्डमा र समुना श्रेष्ठले २० मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय भइन्।

आज भएको प्रतियोगितामा महिला तथा पुरुष गरी एक सय जनाले सहभागिता जनाएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले जानकारी दिए । 
 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ६ : ३४ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी