दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता घोषणा « Khabarhub

दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता घोषणा


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका ८ पालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् ।

बुधबार जिल्लाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाले पूर्ण खोप घोषणा गरेसँगै  जिल्लाको विगु बाहेक अन्य ८ पालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको जनस्वास्थ्य कार्यालय दोलखाका कोल्डचेन्ज  अधिकृत भुवनराज केसीले बताए । 

बुधबार वैतेश्वर गाउँपालिकाको पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सम्बोधन गर्दै अधिकृत केसीले विगु बाहेकका अन्य पालिका पूर्ण खोप सुनिश्चितता भएको बताए ।

 वैतेश्वरको पूर्ण खोप घोषणा कार्यक्रम गाउँपालिका अध्यक्ष एवं खोप समन्वय समितिका अध्यक्ष समेत रहेका छवि लामाले वैतेश्वरका सबै वडाका बालबालिका पूर्ण खोपको पहुँचमा रहेको बताए ।

अध्यक्ष लामाले पुर्णखोप कार्यक्रमको उद्घाटन गर्दै पालिका भित्रका सबै स्वास्थ्य चौकीले बालिकालाई पूर्ण खोप सुनिश्चितता प्रदान गरेको भन्दै वडामा रहेका  स्वास्थ्य चौकीलाई सम्मान गरेका थिए ।

कार्यक्रममा वैतेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बम बहादुर तामाङले वडा तथा पालिकागतको वार्षिक खोप प्रगतिको विवरण प्रस्तुत गरेका थिए ।

स्वास्थ्य शाखामार्फत सञ्चालन गरिएको यो अभियान अन्तर्गत पालिकाभित्रका ५ सय ८५ जान  बालबालिकालाई नियमित खोप लगाएर पूर्ण खोप सुनिश्चितता हासिल गरिएको बताए ।

खोप अधिकृत केसीले कार्यक्रममा वैतेश्वरले पनि राज्यको खोप नीति पुरा गर्दै पूर्ण खोप सुनिश्चितता  गरेको बताउँदै पालिकालाई पूर्ण खोपको प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा पालिका जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको थियो । –सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ६ : ४५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर