गाजामा भएको इजरायली आक्रमणमा १६ जनाको मृत्यु « Khabarhub

गाजामा भएको इजरायली आक्रमणमा १६ जनाको मृत्यु


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजामा बुधबार भएको इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । पछिल्लो समयमा इजरायलले गाजामा आक्रमण बढाएको छ ।  

‘बिहानदेखि गाजा पट्टीमा इजरायली हवाई आक्रमणबाट १६ जनाको मृत्यु भएको छ’, नागरिक रक्षा प्रवक्ता महमुद बासलले भने ।

बासलका अनुसार तीमध्ये नौ जना फोटो पत्रकार ओसामा अल–अर्बिडको परिवारका थिए र गाजाको उत्तरमा बिहान २ बजे उनीहरूको घरमा भएको आक्रमणमा मारिएका थिए । 

मध्य गाजामा भएको आक्रमणमा एउटै परिवारका अन्य छ जना सदस्यको मृत्यु भएको थियो । आक्रमणमा ‘बालबालिकासहित’ १५ जना घाइते भएका थिए ।

दक्षिणी गाजा सहर खान युनिस नजिकै एक नागरिक मारिएका छन् ।

एएफपीले सम्पर्क गर्दा इजरायली सेनाले सटीक समन्वय बिना त्यसो गर्न नसक्ने भन्दै आक्रमणमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सन् २०२३ को अक्टोबरमा इजरायलमाथि हमासको आक्रमणले युद्ध सुरु गरेको १८ महिनाभन्दा बढी समयपछि इजरायलले ‘हमासलाई हराउने’ लक्ष्य लिएर यस महिना गाजामा आफ्नो आक्रमण बढाएको छ । रासस
 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ७ : ०८ बजे

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको