गाजामा भएको इजरायली आक्रमणमा १६ जनाको मृत्यु « Khabarhub

गाजामा भएको इजरायली आक्रमणमा १६ जनाको मृत्यु


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजामा बुधबार भएको इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । पछिल्लो समयमा इजरायलले गाजामा आक्रमण बढाएको छ ।  

‘बिहानदेखि गाजा पट्टीमा इजरायली हवाई आक्रमणबाट १६ जनाको मृत्यु भएको छ’, नागरिक रक्षा प्रवक्ता महमुद बासलले भने ।

बासलका अनुसार तीमध्ये नौ जना फोटो पत्रकार ओसामा अल–अर्बिडको परिवारका थिए र गाजाको उत्तरमा बिहान २ बजे उनीहरूको घरमा भएको आक्रमणमा मारिएका थिए । 

मध्य गाजामा भएको आक्रमणमा एउटै परिवारका अन्य छ जना सदस्यको मृत्यु भएको थियो । आक्रमणमा ‘बालबालिकासहित’ १५ जना घाइते भएका थिए ।

दक्षिणी गाजा सहर खान युनिस नजिकै एक नागरिक मारिएका छन् ।

एएफपीले सम्पर्क गर्दा इजरायली सेनाले सटीक समन्वय बिना त्यसो गर्न नसक्ने भन्दै आक्रमणमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सन् २०२३ को अक्टोबरमा इजरायलमाथि हमासको आक्रमणले युद्ध सुरु गरेको १८ महिनाभन्दा बढी समयपछि इजरायलले ‘हमासलाई हराउने’ लक्ष्य लिएर यस महिना गाजामा आफ्नो आक्रमण बढाएको छ । रासस
 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ७ : ०८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि