उच्चबाट सफाइ पाएका कांग्रेस नेता आलम नख्खुबाट केहीबेरमा रिहा हुँदै « Khabarhub

उच्चबाट सफाइ पाएका कांग्रेस नेता आलम नख्खुबाट केहीबेरमा रिहा हुँदै


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌- रौतहटको एक इँटाभट्टमा जिउँदै मान्छे पोलेर ज्यान लिने मुख्य योजनाकार नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम बुधबार राति नै रिहा हुने भएका छन् ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले बुधबार कर्तव्य ज्यान मुद्दामा सफाइ दिएसँगै आलमलाई रिहा गर्न लागिएको नख्खु कारागारका जेल भीमराज कोइरालाले खबरहबलाई बताए ।

‘उच्च अदालतबाट सफाइ दिइएको आदेशसहितको कागजपत्र आइसकेको छ’, उनले भने, ‘उहाँलाई रिहाइका लागि कागजी प्रक्रिया पूरा गर्दैछौँ । अदालतको आदेश कार्यान्वयन गर्न बढीमा एक घण्टामा कारागारबाट उहाँलाई रिहा गर्छौँ ।’

आलमलाई जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा चारवटा मुद्दामा जन्म कैदको फैसला सुनाएपछि सुरक्षाको कारण देखाउँदै नख्खु कारागारमा ल्याएर राखिएको थियो ।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले उल्ट्याइदिएपछि आलम छुट्न लागेका हुन् ।

जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएपछि उनी नख्खु जेलमा थिए ।

तर जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका उनलाई विपक्षी राहत दिँदै रिहा हुने बाटो खोलिएको हो । अदालतले त्यही प्रकरणमा आलमको नाम नजोडिएको अर्को मुद्दामा भने जिल्लाकै आदेश सदर गर्दै सजाय यथावत राखेको छ ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम विस्फोट भएपछि घाइतेहरूलाई जिउँदै इँटाभट्टामा हालेको प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटले कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

जसमध्ये आलमलाई प्रतिवादी बनाइएकामध्ये ‘विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुर’को मुद्दामा आलमले आफ्नो मागबमोजिम सफाइ पाएका हुन् ।

जिल्लाको फैसललाई चुनौती दिँदै आलम उच्च अदालतमा गएका थिए । उता सरकार पक्षले पनि उच्चमा निवेदन गरेको थियो । यस प्रकरणका मुख्य आरोपी कांग्रेस नेता आलाम र शेख सेराज भन्ने शेख सराजसहित थिए ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ७ : ४४ बजे

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल