बढ्दो समुद्री सुरक्षा चुनौतीको सामना गर्न भारत प्रतिबद्ध « Khabarhub

बढ्दो समुद्री सुरक्षा चुनौतीको सामना गर्न भारत प्रतिबद्ध


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका लागि भारतीय प्रतिनिधिले बढ्दो समुद्री चुनौतीको सामना गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको जनाएका छन् । राष्ट्रसंघमा भारतका स्थायी प्रतिनिधि पर्वतानेनी हरिशले बढ्दो चुनौतीको सामना गर्न भारतले जिम्मेवार समुद्री शक्तिको भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनले आफ्नो मुलुक राष्ट्रसंघको समुद्री कानुन अभिसन्धीको पक्षमा पूर्ण रुपमा प्रतिबद्ध रहेको उल्लेख गरे । भारतीय समाचार संस्था एएनआईका अनुसार उनले समुद्री पारवहनमा खुला, स्वतन्त्र र विधिमा आधारित नियमको पालना गर्न भारतले जिम्मेवार भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

उनले आर्थिक वृद्धि, संवेदनशील व्यापार मार्ग, ऊर्जा आपूर्ति, भूराजनीतिक हित समुद्री सुरक्षासँग जोडिएको बताए ।

यसका लागि विशाल तटीय भूमि, समुद्रमा आधारित रहेर जीविकोपार्जन गर्दै आएका समुदाय र क्षमतावान समुद्री शक्तिका रुपमा भारतले आफ्नो हित रक्षाका लागि जिम्मेवार भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ७ : ४५ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,