पाकिस्तानमा पोलियोका थप बिरामी फेला | Khabarhub Khabarhub

पाकिस्तानमा पोलियोका थप बिरामी फेला


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तामा पोलियोका बिरामी फेला परेका छन् । पाकिस्तानको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका अनुसार पोलियोका थप दुई जना बिरामी फेला परेका हुन् ।

नयाँ बिरामी खैबर पख्तुनख्वा प्रान्तको बन्नु र लक्की मरवत क्षेत्रमा देखा परेको द नेसन पाकिस्तानले जनाएको छ । बन्नुमा ४० महिने बालकमा पोलियो देखा परेको छ भने लक्की मरवत क्षेत्रमा २६ वर्षे बालिकामा यो रोग देखा परेको छ ।

सो क्षेत्रमा सन् २०२३ को अक्टोबर महिनायता कुनै खोप अभियान सञ्चालन नभएको अधिकारीहरुले जनाएका छन् । सो क्षेत्रमा स्थानीयहरु नै खोप अभियानको विपक्षमा उभिँदै आएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले मुलुकमा पोलियो उन्मूलनमा आफ्नो सरकार प्रतिबद्ध रहेको जनाएको छ । उनले पोलियो अभियानमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्ने आश्वासन पनि दिएका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ८ : १५ बजे

तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध

काठमाडौं – भारतले इरानको राजधानी तेहरानमा भएका आफ्नो नागरिकलाई त्यो

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको