ट्रम्पको बोलीले कोट्याइएको जापानीको ८० वर्ष पुरानो घाउ | Khabarhub Khabarhub

ट्रम्पको बोलीले कोट्याइएको जापानीको ८० वर्ष पुरानो घाउ


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

सन् १९४५ को अगस्टमा अमेरिकाले जापानको दुई सहरमा गरेको एटम बम प्रहारमा एक लाख ४० हजारको ज्यान गएको थियो। धेरै जना मानसिक समस्या तथा क्यान्सरको जोखिमसहित बाँचेका थिए। अहिले अमेरिकाले इरानमा भएको आक्रमणलाई हिरोसिमा र नागासाकीमा भएको एटम बम प्रहारसँग तुलना गरेकोमा जापानले आलोचना गरेको छ।

ट्रम्पले यस विषयमा बोल्दै कमसेकम एक विषयमा समानता रहेको बताए। यी दुवै आक्रमणले युद्धको अन्त्य गरेको थियो। ८० वर्ष अघि भएको त्यो त्रासदीय युद्धमा बाच्ने पनि यो संसारमा छन्। युद्धका हरेक घटना इतिहासमा पानामा अटाएका छन्। त्यो एउटा यस्तो घटना हो, जसले मानिसलाई फेरि युद्धबाट सचेत गराउँछ। लगातारको युद्धले आक्रान्त युद्धले त्यो एउटै आक्रमणले सकाएको थियो।

त्यो आक्रमणपछि युद्ध अन्त्य मात्र भएन, विश्वमा शान्ति कायम गराउने सहमतिसहित संयुक्त राष्ट्र सङ्घको स्थापना भएको थियो। ८० वर्षपछि संसारका कुना कुनामा युद्ध भएका छन्। इरान माथिको सो आक्रमणले ती युद्धको अन्त्य गर्ला या नगर्ला भविष्यको गर्भमा छ। तर, अहिले पनि ८० वर्ष अघिकै त्यो दुःखद घटना सम्झँदै आफूलाई सावधान गराउने मौका भने संसारका सबै नेतालाई मिलेको छ।

यसै साता इरानको तीन आणविक केन्द्रमा अमेरिकाले प्रहार गरेपछि यसका बारे प्रतिक्रिया आइसकेको छ। अमेरिकाले त्यहाँको ऊर्जा केन्द्र पूर्ण रूपमा क्षति भएको दाबी गरेको छ भने इरानले त्यसलाई अस्वीकार गरेको छ।

आक्रमणको बारेमा बोल्दै राष्ट्रपति ट्रम्पले सुरुवातमा नै सन् १९९४५ मा हिरोसिमा र नागासाकीमा भएको एटम बम प्रहारपछि सबै भन्दा ठुलो आक्रमण भएको भन्दै प्रतिक्रिया दिएका थिए।

यसको बारे जापानमा विभिन्न ढङ्गले प्रतिक्रिया उत्पन्न भएपछि राष्ट्रपति ट्रम्पले नेदरल्यान्ड्सको हेगमा भएको उत्तर एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नाटो) को बैठक अघि भएको पत्रकार सम्मेलनमा पनि क्षतिको प्रसङ्ग उठाए। उनले भने, ‘त्यो प्रहार जसले युद्ध अन्त्य गरेको थियो। म हिरोसिमाको जस्तो उदाहरण दिन चाहन्न। म नागासाकीको जस्तो उदाहरण पनि दिन चाहन्न। तर, एउटै महत्त्वपूर्ण कुरा भनेको दुवैले युद्ध अन्त्य गरे।’ उनले दुवै प्रहारले युद्ध अन्त्य गरेको विषयलाई बारम्बार जोड दिइरहे।

यसपछि हिरोसिमामा सन् २०२४ को नोबेल शान्ति पुरस्कार विजेता समेत रहेका एटम बम सर्भाइभर समूहले ट्रम्पको भनाइको आलोचना गरेका थिए। निहोन हाडदयन्को नाम गरेको सो संस्थाको नेतृत्वमा रहेका मिमाकी तोसियन्कीले त यत्ति धेरै व्यक्तिले आफन्त गुमाउनुका साथै पुन निर्माण गर्न वर्षौँ लागेको सो आक्रमणको तुलना भएकोमा आश्चर्य व्यक्त गरेका छन्। उनले त अगस्ट ६ मा एटम बम प्रहार भएको हिरोसिमामा ट्रम्पले भ्रमण गरे हुने भन्ने आशय व्यक्त गरे।

नागासाकी सहरका मेयर सुजुकी सिरोले ८० वर्ष अघिको सोही घटना सम्झँदै संसारले त्यस दुःखद घटनाको स्मरण गर्दै आणविक हतियार बनाउने कामलाई निस्तेज पार्नुपर्ने कुरामा जोड दिए। उनले अमेरिकी राष्ट्रपति ट्रम्पले नागासकीको भ्रमण गर्दै त्यहाँको दुःखको सामना गरेका र जापानीले भोगेको दुःखको आफैले साक्षात्कार गर्ने अपेक्षा गरेका छन्।

एटम बमको शक्ति
१६ जुलाई १९४५ का दिन रोबर्ट ओपन हाइमर तथा अन्य अमेरिकी वैज्ञानिकले पहिलो पटक आणविकको परीक्षण गरेका थिए। लस एल्मोसको ३४० किलोमिटर दक्षिणमा रहेको एउटा केन्द्रमा त्यसको परीक्षण भएको थियो।
६ अगस्ट १९४५ को बिहान सवा ८ बजे हिरोसिमामा भएको पहिलो पटक ‘लिटल ब्वाई ’नामक एटम बम खसालिएको थियो। यसको असर १५ किलोमिटर सम्म पुगेको थियो। त्यहाँको तापक्रम सात हजार डिग्री सेल्सियस पुगेको थियो। यसको आगोको झट्का आवाजको गतिमा फैलिएको थियो। यसपछि विकिरण उत्पन्न भएर हजारौँ जनाको ज्यान गएको थियो। हिरोसिमा सहर बलिरहेको बलिरहेको काठको टुक्रा जस्तै भएको थियो। विस्फोटपछि पनि रेडियो विकिरण सहित कालो वर्षा भएको थियो।

त्यसको तीन दिनपछि प्यासिफिक महासागरको तिनियन टापुबाट अमेरिकी एयर क्राफ्ट उडेको थियो। त्यसै एयर क्राफ्टमा ‘फ्याट म्यान’ नामको आणविक डिभाइस बोकिएको थियो। अझ बढी परिष्कृत गरिएको यो बमको पहिलो लक्ष्य सुरुमा कोरा थियो। आकाशमा कालो बादल लागेको कारण विमान नागासाकी तर्फ गएको हो। त्यसपछि नै नागासाकीमा प्रहार भएको थियो।

रिपोर्ट अनुसार सो समयमा एक लाख ६६ हजारको ज्यान गएको थियो। सन् १९४५ देखि यता दुई हजार भन्दा बढी आणविक हतियारको परीक्षण भएको छ। यो परीक्षणले ती हतियार आणविक बम भन्दा अझ बढी शक्तिशाली भएको पुष्टि गरेको छ।

आणविक विस्फोट माथिको प्रतिबन्ध
यी सबै दुखद घटनाको स्मरण गर्दै सन् १९९६ को सेप्टेम्बरमा कन्प्रेहेन्सिभ न्यु क्लियर ब्यान ट्रिटी (सिटिबिटी) भएको हो। सिटिबिटी संसारका सबै देशका लागि हो। यस अनुसार कहिले र कुने पनि अवस्थामा आणविक विस्फोट गराउने पाइने छैन। यसैले अन्तर्राष्ट्रिय निरीक्षण व्यवस्था गरेको छ। जसले आणविक हतियारको उत्पादन भएको विषयमा निगरानी गर्ने गरेको छ।

इरानमाथिको आक्रमण
इरानसँग आणविक वार्ताको क्रम चलिरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताको समय दिएका थिए। उनले यो समय दिएको दुई दिन पनि पुरा नहुँदै फोर्डो, नातान्ज र इस्फाहानमा आक्रमण भएपछि यसले संसारलाई नै चकित पारेको थियो।

सो आक्रमणले युद्ध विरामको बाटो तय गरेको थियो। २५ जुनमा इरान र इजरायल युद्धको अन्त्य भएको छ। युद्ध अन्त्य भएसँगै यसमा संलग्न तीन वटै देशले आफ्नो जितको दाबी गरेका छन्। अमेरिकाले आणविक केन्द्र पूर्ण नास भएको दाबी गरेको छ। भलै, इरानका सर्वोच्च नेताले यसलाई अस्वीकार गरेका छन्।

इरानको आणविक केन्द्र रहेको भनिएको क्षेत्र।

यस बीचमा अमेरिकी गुप्तचर निकायको रिपोर्ट लिक भएको भन्दै इरानको कुनै क्षति नभएको समाचार सर्वत्र प्रकाशित भएपछि ट्रम्प प्रशासनलाई यसले क्षुब्ध बनाएको छ।

रक्षा मन्त्री मार्क रुबियोले हेगमा नाटोको सम्मेलनको दौरान बोल्दै प्रारम्भिक रिपोर्ट लिक भएर बाहिर आएको बताउँदै अन्तिम रिपोर्ट अनुसार आणविक केन्द्र पूर्ण रुपा नास भएको तथा फेरी तयार हुने अवस्थामा नरहेको कुरामा जोड दिए। उनले एफबिआईको प्रारम्भिक रिपोर्ट बाहिरिएको कुरामा छानबिन हुने समेत बताए।

अहिले संसारका धेरै देश युद्धमा छन्। युद्धको सबै भन्दा भयावह अवस्था संसारले ८० वर्ष पहिले भोगिसकेको छ। त्रासदी र बाच्न नै कठिन हुने जीवन गाजाबासीले अहिले भोगी रहेका छन्। युक्रेनमा पनि तीन वर्ष भन्दा बढी समय देखि यस्तै पीडा भोगेका छन्। हतियार घातक हो नै आणविक हतियारको प्रयोग त संसारले अझ कल्पना पनि गर्न कठिन हुने विषय हो।
स्रोतः सिएनएन, एनएचके, सिटीबिटिओ, इन्डिपेन्डेन्ट

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १० : १४ बजे

नेत्रज्योति सङ्घद्वारा विदेशमा पनि सेवा विस्तार

काठमाडौं–  नेपाल नेत्रज्योति सङ्घले मुलुकबाहिर आँखा सेवा उपलब्ध गराउन सुरुआत

विद्यार्थी र शिक्षकको मेहनतले एसईईको नतिजामा सुधार आएको हो : प्रधानमन्त्री 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को

पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिन्छ : ओली

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन तटस्थताको सवाल कि लोकतान्त्रिक अभ्यास ?

नेपालको संविधानमा पूर्वराष्ट्रपतिहरूको भूमिकाबारे स्पष्ट व्यवस्था छैन । विश्वका केही

झापामा डेंगु बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान 

बनियानी– गत वैशाखयता जिल्लामा डेंगु  सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट