रास्वपा र राप्रपाबाट आज पनि संसद बैठकमा अवरोध « Khabarhub

रास्वपा र राप्रपाबाट आज पनि संसद बैठकमा अवरोध


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले बैठकमा अवरोध गरेका हुन् ।

शनिबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले संसदमा रास्वपाको आन्दोलन यथावत रहेको बताए । उनले भने, ‘हाम्रो आन्दोलन जारी छ ।

संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेकोमा रास्वपाले आन्दोलन जारी राख्ने बताएको हो ।

यसअघि रास्वपा संसदीय दलको बैठकले शनिबार पनि संसद बैठकमा अवरोध कायम राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १२ : ०९ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि