रास्वपा र राप्रपाबाट आज पनि संसद बैठकमा अवरोध « Khabarhub

रास्वपा र राप्रपाबाट आज पनि संसद बैठकमा अवरोध


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले बैठकमा अवरोध गरेका हुन् ।

शनिबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले संसदमा रास्वपाको आन्दोलन यथावत रहेको बताए । उनले भने, ‘हाम्रो आन्दोलन जारी छ ।

संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेकोमा रास्वपाले आन्दोलन जारी राख्ने बताएको हो ।

यसअघि रास्वपा संसदीय दलको बैठकले शनिबार पनि संसद बैठकमा अवरोध कायम राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १२ : ०९ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन