केही स्वार्थीहरूलाई मात्रै एमालेको महाधिवेशन लागेको हो : ओली | Khabarhub Khabarhub

केही स्वार्थीहरूलाई मात्रै एमालेको महाधिवेशन लागेको हो : ओली


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन नआउँदै केही स्वार्थी तत्त्वहरूलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन् ।

जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घले चन्द्रागिरी नगरपालिका– १३, कङ्कालीमा आयोजना गरेको वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उनले आफूहरूको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन– २०८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूकाे हिसाब किताब गरिने बताए । ।

‘हामी अर्जुनदृष्टिका साथ मिसन– २०८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन’, अध्यक्ष ओलीले भने, ‘हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गरे । उनले आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीले मौका परीक्षामा सहभागी हुने र आउने एसईईका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी गराए । 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १२ : ३३ बजे

सिंहदरबारमा बन्दै गरेको नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनबाट

देउवाले भने- प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले

प्रधानमन्त्री ओली भदौ अन्तिममा भारत जाने, समकक्षी मोदी कात्तिकमा आउने

काठमाडौं- नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाएको १४ महिनापछि प्रधानमन्त्री

छाउगोठमा मृत्यु भएकी कमलाको परिवारलाई ५० हजार सहयोग

दोधारा चाँदनी- छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१

स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले कीर्तिपुरस्थित उपकुलपतिको