बाजुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा « Khabarhub

बाजुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागी, पूर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता ‘ भन्ने नाराका साथ बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

विशेष गरी बालबालिकाहरूले, सरकारले तोकेको सबै प्रकारका खोपहरू निश्चित समय अवधिभित्र पूरा गरे पश्चात घोषणा गरिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख महेश चन्दले बताएका छन् । 

उनले ९ वटै स्थानीय तहका बालबालिकाले विभिन्न मितिमा खोप पाएको पछि पालिकालाई घोषणा गरेको थियो भने आज जिल्लालाई घोषणा गरिएको हो ।  बाजुरामा जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई १३ खोप र किशोरीलाई एच.पी.भी खोप लगाएको निश्चित पछि यो वर्ष घोषणा गरिएको हो । यो वर्ष मात्र नभएर प्रत्येक वर्ष खोपलाई निरन्तरता दिने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
 
जिल्ला खोप समन्वय समिति बाजुराको आयोजनामा  कार्यक्रममा भएको कार्यक्रममा स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी र ९ वटै पालिकालाई सम्मान गरिएको छ १ जिल्लालाई पूर्ण खोप सुनिश्चितका लागि सहयोग पुर्याउने व्यक्ति तथा पालिकालाई सम्मान गरिएको हो ।

जसमा स्वास्थ्य स्वयंसेविका तुला खड्का र कन्जडी रोकायालाई नगद ५ हजार सहित सम्मान गरिएको छ । खड्का र रोकायालाई उत्कृष्ट कार्यको आधारमा सम्मान गरिएको हो । 

स्वास्थ्यकर्मी हिमाली गाउँपालिकाबाट बिमला पाण्डे, खप्तड छेडेदह गाउँपालिकाबाट राजु सुनार, स्वामीकार्तिकबाट कमल कटेल, जगन्नाथबाट भावना शाही, गौमुल बिमला रोकायालाई नगद ५ सहित दोसल्लाले सम्मान गरिएको छ ।

बुढीगंगा नगरपालिकाबाट हस्त बहादुर कडायत, त्रिवेणी नगरपालिका लक्ष्मी ऐडि, बुढीनन्दा नगरपालिकाबाट सुशीला गिरि सम्मानित भएका छन् । प्रमुख जिल्ला अधिकार लेखनाथ पाध्याले आज पूर्ण खोप भयो भनेर चुप बस्न नहुने बताएका छन् । 

पूर्ण खोप सुनिश्चितताका लागि नियमितता, निरन्तरता दिइरहनुपर्ने बताएका छन् । बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहयोग पुर्याउने स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालालाई धन्यवाद दिएका छन् । उहाँहरूले गरेको कामको प्रशंसा गर्दै स्वयंसेविकाको हकमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताएका छन् । 

सेवकको रुपमा काम गर्दै आएका उनीहरूलाई उचित मुल्यांकन गर्नु पर्ने बताएका छन् । जिल्ला खोप समन्वय समिति प्रमुख तुलसीराम रोकायाले कार्यक्रममा सम्मानितलाई बधाइ दिँदै पूर्ण खोप सुनिश्चिततामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । 

आगामी दिनमा सहयोगका लागि अपेक्षा व्यक्त गरे । कार्यक्रममा जिल्लास्थित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १ : २३ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न