फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध « Khabarhub

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालयजस्ता सार्वजनिक स्थानहरूमा धूम्रपान पूर्ण रूपमा प्रतिबन्धित गर्ने घोषणा गरेको छ ।

शनिबार सरकारी गजेठमा प्रकाशित नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पोहोर पोखरी (स्विमिङ पूल)तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागू हुनेछ ।

स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले यसअघि मे महिनामा बालबालिकालाई निष्क्रिय धूम्रपान (प्यासिभ स्मोकिङ) बाट जोगाउन यस्तो निर्णय आवश्यक भएको बताए। उनले भने, ‘जहाँ बालबालिका हुन्छन्, त्यहाँबाट चुरोट हट्नुपर्छ । बालबालिकालाई शुद्ध हावा सास फेर्ने अधिकार छ ।’

यो नियम इलेक्ट्रोनिक चुरोट (ई–सिगरेट) मा लागू हुने स्पष्ट गरिएको छैन भने क्याफेहरूको बाहिरी टेरेसमा भने धूम्रपान गर्न पाइनेछ । नियम उल्लंघन गर्ने व्यक्तिलाई १३५ युरो (करिब १५८ अमेरिकी डलर) जरिवाना तिर्नुपर्नेछ ।

फ्रान्समा प्रत्येक वर्ष करिब ७५ हजार मानिसको मृत्यु धूम्रपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ । हालै गरिएको जनमत सर्वेक्षणअनुसार ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्धलाई समर्थन गरेका छन् ।
 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  २ : १४ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि