‘नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ’ « Khabarhub

‘नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ’


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पर्क समन्वय समितिद्वारा पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज वृहत पदयात्रा कार्यक्रम गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएको पदयात्रा थापाथली, माइतीघर, बबरमहल, बानेश्वर हुँदै तीनकुनेमा पुगेर समापन भएको थियो ।
यसअघि उक्त पदयात्रा शुभारम्भ गर्दै एमाले महासचिव शंकर पोखरेलले स्व भण्डारीले अघि सार्नु भएको जनताको बहुदलीय जनवादले नेपाली समाजमा रूपान्तरणका लागि महत्वपूर्ण  योगदान गरेको उल्लेख गरे। 

उनले भने, ‘जनताको बहुदलीय जनवाद नेपाली समाजलाई अघि बढाउने उद्देश्यका लागि मार्गनिर्देशन गर्ने विचार हो, त्यही माध्यमद्वारा सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाक्षा पूरा गर्ने लक्ष्यका साथ हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा जुटेका छौ ।’

महासचिव पोखरेलले एमालेलाई निर्णायक शक्तिका रुपमा उभ्याउन मिसन–८४ यो अभियानका महत्वपूर्ण कडी भएको जनाउँदै सोही माध्यमबाट  मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहेको स्पष्ट पारे।

उनले भने, ‘पार्टी नेतृत्वमा मुलुकलाई युगतर्फ लैजान प्रयत्न भइरहेको छ, नेपाल साधनस्रोतका हिसाबले कमजोर छ, नागरिक सम्पन्नताका हिसाबले कमजोर छन् भन्ने भाष्यलाई चिरेर सम्पन्न छ भन्ने कुरा दैलेखमा रहेको ग्यास भण्डारणको अन्वेषणबाट प्रमाणित गरेका छौँ ।’
 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  २ : ३६ बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक