गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही « Khabarhub

गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणका दोषीहरूलाई सामाजिक बहिष्कार गर्न आग्रह गरेका छन् । 

राप्रपाले भिजिट भिसा प्रकरणका दोषीहरूलाई संसद्मा बहिष्कार गरिरहेको भन्दै उनले आमनागरिकलाई पनि दोषी र दोषीका समर्थकहरूलाई चिया पसलदेखि विवाह समारोहसम्म सामाजिक बहिष्कार गर्न आग्रह गरेका हुन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकबाट बाहिरिने क्रममा संसद् परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणका दोषीहरूलाई सामाजिक रूपमा एक्ल्याउन सामाजिक बहिष्कार आवश्यक रहेकोमा जोड दिए ।

राप्रपाका प्रवक्तासमेत रहेका शाहीले भिजिट भिसा प्रकरणले देशको छविमा नकारात्मक असर पारेको भन्दै संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने पनि बताए । 

‘हामीले संसद्भित्रबाट बहिष्कार गरिरहेका छौँ, अब तपाईंहरू आमजनताले चिया पसलदेखि विवाह समारोहसम्म उनीहरूलाई बहिष्कार गर्नुहोस्,’ शाहीले भने, ‘यसले गर्दा दोषीहरू र उनीहरूका समर्थकहरूलाई सामाजिक रूपमा एक्लो महसुस हुनेछ र यस्ता कार्यहरू भविष्यमा दोहोरिने छैनन् ।’

शाहीले भिजिट भिसाको दुरुपयोगले नेपाली युवा विदेशमा अलपत्र पर्ने र दुःख पाउने अवस्था आएको भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले दोषीहरूलाई कारबाही नभएसम्म आफ्नो पार्टीले संसद् र सडक दुवैबाट आवाज उठाइरहने प्रतिवद्धता व्यक्त गरे ।

राप्रपा गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको छ । शनिबारको संसद् बैठकमा पनि राप्रपाका सांसद रोशन कार्कीले गृहमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएकी थिइन् । 

‘गृहमन्त्रीज्यू तपाईंसँग नैतिकता छ भने राजीनामा गर्नुस् । र, छानबिनलाई सघाउ पुर्‍याउनुस्,’ उनले भनिन् ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : ३९ बजे

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत