पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म हो : ईश्वर पोखरेल  « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म हो : ईश्वर पोखरेल 


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म भएको बताएका छन् । मदन भण्डारी फाउण्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा उनले भण्डारी राजनीतिक मानिस भएकाले रूचि राख्नु धर्म भएको बताएका हुन् ।  

‘पूर्वराष्ट्रिपति पनि एउटा पोलिटिकल मान्छे हो । पोलिटिक्समा रुचि राख्नु उहाँको धर्म हो,’ पोखरेलले भने, ‘उहाँ जुन ठाउँमा जन्मिनुभयो, हुर्किनुभयो । जसले ग्रोन अप गर्‍यो त्यस प्रति कसरी विस्मृतिमा जान सकिन्छ रु त्यस कारणले न्यारो ढंगले सोच्नु हुँदैन ।’

उनले पूर्वराष्ट्रपतिले पार्टीमा लिन खोजेको जिम्मेबारी सल्लाहमा तय हुने पनि बताए ।

‘जहाँसम्म के जिम्मेवारी लिने त्यो सल्लाहले समझदारीले । जे सल्लाह हुन्छ जे समझदारी हुन्छ त्यही हुन्छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘अनि किन अनेक खालका कुरा ट्याक–ट्याक गरेको ? बेकारका कुरा ।’

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ४ : ५० बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको