रुकुम पश्चिममा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

रुकुम पश्चिममा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिमबाट एकजना गर्भवतीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । शनिबार दिउँसो जिल्लाको बाँफीकोट गाउँपालिका–२ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई थप उपचार लागि हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल पठाइएको हो । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर उनलाई सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिए । उनका अनुसार नन्दकलाको पाठेघरको नलीमा गर्भ बसेको र बच्चा हुर्किंदै गएपछि नली फुटेर आन्तरिक रक्तश्राव भएको अवस्थामा जिल्ला अस्पताल पुर्‍याइएको थियो । 

शनिबार बिहान अस्पताल पुर्‍याइएकी नन्दकलाको जिल्ला अस्पतालमा सफल शल्यक्रिया भएको जनाउँदै उनलाई सघन उपचारको आवश्यकता परेपछि सुर्खेत पठाइएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. महेश चौलागाईंले बताए । 
 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ४ : ५८ बजे

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

जानकी (बाँके)- गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७

रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु

चन्द्रपुर (रौतहट)- रौतहटमा प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं

चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान

चितवन- डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु- सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु

बहिष्कार खेपेका दुई फिल्म : दर्शक तान्दै ‘लालीबजार’, संकटतिर ‘मालती मंगले’

काठमाडौं – सामाजिक सञ्जालमा बहिस्कारमा परेका र शुक्रबारबाट एकसाथ प्रदर्शनमा