पार्टी विचलनमा गयो, दुर्घटनाबाट जोगाउन यथास्थितिबाट फर्कियौँ : प्रचण्ड « Khabarhub

पार्टी विचलनमा गयो, दुर्घटनाबाट जोगाउन यथास्थितिबाट फर्कियौँ : प्रचण्ड


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई दुर्घटनाबाट जोगाउन यथास्थितिबाट आदर्शतिर फर्काएको बताएका छन् ।
    
माओवादी केन्द्र मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको पार्टीका केन्द्रीय सल्लाहकार स्व कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा उनले पार्टीलाई फेरि एकपटक समाजवादको यात्रामा अगाडि बढाएको बताएका हुन् ।
    
अध्यक्ष दाहालले भने, ‘पार्टीमा निकै ठूलो दुर्घटना हुनसक्छ भनेर नै पार्टीलाई यथास्थितिबाट फेरि आदर्श, समर्पण, वर्ग सङ्घर्ष र समुदायतर्फ फर्काउने सङ्कल्प पार्टीको केन्द्रीय समितिको बैठकबाट ग¥यौँ । पार्टीलाई एकपटक समाजवादको यात्राको नेतृत्व गर्ने पार्टीका रुपमा अगाडि बढाउने सङ्कल्प र प्रतिबद्धता गरेका छौँ ।’
    
पार्टीमा अवसरका निम्ति, स्वार्थका निम्ति, व्यक्तिका तँछाडमछाड गरेको बताउँदै उनले पार्टीमा राजनीतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरूको मुक्तिका लागि जति हुनुपर्थ्यो, त्यो हुन नसकेको उनको भनाइ थियो । अहिलेकै अवस्था रहेमा कम्युनिष्ट भविष्य र आन्दोलनमा देखेको सपना पूरा हुन सक्दैन भन्ने ठहर गर्दै पार्टी फेरि एकपटक आफ्नो सिद्धान्त, वर्ग, आदर्शतिर समुदायको सम्बन्धलाई घनिष्ट र सुमधुर बनाउने लक्ष्यका साथ अगाडि बढेको बताए।

उनले सहिद, बेपत्ता, घाइते, जेलनेल भोगेकाहरुसँगको सम्बन्ध कायम गर्दै उनीहरूको पीडा सुन्ने र पार्टीले के गर्नसक्छ के राहत दिनसक्छ भनेर सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताए। 

 पार्टीले चलाएको नयाँ रूपान्तरणको सङ्कल्प र त्यसका लागि चलाएको अभियानलाई कार्यकर्ताले गहिरो रुपमा बुझ्नु जरुरी रहेको बताउँदै उहाँले समाजवादी क्रान्तिको तयारीमा अगाडि बढेको बताए। 

 कार्यक्रममा अध्यक्ष दाहालले स्व कष्णलाल गोजा श्रेष्ठको निधनले निष्ठावान् अभिभावकको अवसान भएको महसुस भइरहेको बताए। 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ३० बजे

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित