पार्टी विचलनमा गयो, दुर्घटनाबाट जोगाउन यथास्थितिबाट फर्कियौँ : प्रचण्ड | Khabarhub Khabarhub

पार्टी विचलनमा गयो, दुर्घटनाबाट जोगाउन यथास्थितिबाट फर्कियौँ : प्रचण्ड


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई दुर्घटनाबाट जोगाउन यथास्थितिबाट आदर्शतिर फर्काएको बताएका छन् ।
    
माओवादी केन्द्र मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको पार्टीका केन्द्रीय सल्लाहकार स्व कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा उनले पार्टीलाई फेरि एकपटक समाजवादको यात्रामा अगाडि बढाएको बताएका हुन् ।
    
अध्यक्ष दाहालले भने, ‘पार्टीमा निकै ठूलो दुर्घटना हुनसक्छ भनेर नै पार्टीलाई यथास्थितिबाट फेरि आदर्श, समर्पण, वर्ग सङ्घर्ष र समुदायतर्फ फर्काउने सङ्कल्प पार्टीको केन्द्रीय समितिको बैठकबाट ग¥यौँ । पार्टीलाई एकपटक समाजवादको यात्राको नेतृत्व गर्ने पार्टीका रुपमा अगाडि बढाउने सङ्कल्प र प्रतिबद्धता गरेका छौँ ।’
    
पार्टीमा अवसरका निम्ति, स्वार्थका निम्ति, व्यक्तिका तँछाडमछाड गरेको बताउँदै उनले पार्टीमा राजनीतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरूको मुक्तिका लागि जति हुनुपर्थ्यो, त्यो हुन नसकेको उनको भनाइ थियो । अहिलेकै अवस्था रहेमा कम्युनिष्ट भविष्य र आन्दोलनमा देखेको सपना पूरा हुन सक्दैन भन्ने ठहर गर्दै पार्टी फेरि एकपटक आफ्नो सिद्धान्त, वर्ग, आदर्शतिर समुदायको सम्बन्धलाई घनिष्ट र सुमधुर बनाउने लक्ष्यका साथ अगाडि बढेको बताए।

उनले सहिद, बेपत्ता, घाइते, जेलनेल भोगेकाहरुसँगको सम्बन्ध कायम गर्दै उनीहरूको पीडा सुन्ने र पार्टीले के गर्नसक्छ के राहत दिनसक्छ भनेर सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताए। 

 पार्टीले चलाएको नयाँ रूपान्तरणको सङ्कल्प र त्यसका लागि चलाएको अभियानलाई कार्यकर्ताले गहिरो रुपमा बुझ्नु जरुरी रहेको बताउँदै उहाँले समाजवादी क्रान्तिको तयारीमा अगाडि बढेको बताए। 

 कार्यक्रममा अध्यक्ष दाहालले स्व कष्णलाल गोजा श्रेष्ठको निधनले निष्ठावान् अभिभावकको अवसान भएको महसुस भइरहेको बताए। 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ३० बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्री आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले