जब पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणा गरिन्... | Khabarhub Khabarhub

जब पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणा गरिन्…

छातीमा भक्कानो, ओठमा कलेटी अनि कार्यकर्ताको गडगडाहट ताली !


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘जननेताको अवसानपछि पार्टी र मसमेत सिङ्गो राष्ट्र शोकमा डुबेको अवस्थामा मलाई पार्टीले काठमाडौंको संसदीय उपनिर्वाचनमा प्रतिस्पर्धी बनायो । मेरो पहिलो जन्म आमाबुवाले दिनुभयो भने मेरो दोस्रो जन्म विद्या भण्डारीका रुपमा काठमाडौंका जनताले दिए भन्ने मैले अनुभूति गरेको थिएँ ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा फर्किरहेको घोषणा गर्दा पार्टी कार्यकर्तामा ठूलो उत्साह देखियो । उनीहरूले शनिबार राष्ट्रिय सभागृहको हल गडगडाहट तालीले गुञ्जायमान बनाए । र, नारा लगाए– जनताको बहुदलीय जनवाद जिन्दावाद !

यो घोषणा गरिरहँदा पूर्वराष्ट्रपतिको भक्कानो फुट्लाझैं आवाज सुनिन्थ्यो । ओठमा कलेटी परेझैं बोली सुनिन्थ्यो । कार्याकर्ताको तालीले उनले त्यसलाई भित्रै दबाइन् । र भनिन्, ‘जनताको माया विश्वास तथा पार्टीको भरोसाले गर्दा मैले निर्वाचनसमेत जितें । जनताको छोरीका रुपमा मैले सोही बेलादेखि नै आफ्नो सम्पूर्ण जीवन राष्ट्रलाई दिनेछु भन्ने संकल्प गरिसकेको थिएँ ।’

मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको जबजका तीन दशक राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति हुँदा देशको हितलाई ध्यानमा राखको बताइन् । उनले नेकपा एमालेमा पुनः फर्किएको र पार्टी सदस्यता नवीकरण गरेको घोषणा गरिन् । पूर्वराष्ट्रपति भण्डारीले आफ्नो मातृभूमि र जनताको फरक ढङ्गबाट सेवा गर्नुपर्ने दायित्वबाट बाहिर आएको दुई वर्षभन्दा बढी भएको बताइन् । उनले यसबीचमा देशका विभिन्न भागमा पुगरे मुलुकको सामाजिक आर्थिक विकासका बारेमा जनतासँग अन्तर्क्रिया गरेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ, विशेषज्ञसँग भेटघाट गरेको बताइन् । ‘मेरो यस किसिमको छलफलका आधारमा निस्किएको निचोड भनेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनु पर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘त्यसैले यस गहन दायित्वलाई वहन गर्न सबैले अग्रसर हुनुपर्दछ । म राष्ट्रपतिको भूमिकाबाट बाहिरआएदेखि र अलिपछि सघन रुपमै भविष्यमा मेरो सामाजिक तथा राजनीतिक जीवनको बारेमा सञ्चार जगत र पार्टीका कार्यकर्ताले चासो राखेको पाएको छु ।’

सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा बारेमा चर्चा र परिचर्चा भएको देखेको बताउँदै उनले सार्वजनिक सरोकारका यी विषयहरुलाई गहन रुपमा चिन्तन मनन गरेको र एउटा निष्कर्षमा पुगेको बताइन् । उनले भनिन्, ‘देशभक्त राष्ट्रवादी र प्रगतिशील पार्टी भएकाले नै म विद्यालय तहको विद्यार्थी हुँदादेखि नै पहिलेको माले र अहिलेको नेकपा एमालेमा आवद्ध भएर सामाजिक आर्थिक रुपान्तरण अभियानमा आबद्ध भएकै हुँ । वास्तवमा त्यसबेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरेसकेकै मैले थिएँ ।’

पूर्वराष्ट्रपति भण्डारीले फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मूक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको उद्घोष गरिन् । ‘अब म नेकपा एमाले परिवारको एक सदस्यका रुपमा म पुनः जोडिएको छु । र, यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट आकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो– ‘जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नु भएको थियो, राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।’

उनले व्यवहारका कसीबाट खारिएका यी भनाइलाई आदर्श मानेर समर्पित बनिरहेको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्वसमेत बनाएका छन् । मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव दिएको छ भन्ने मलाई लाग्दछ ।’ उनले समयको पदचापलाई राम्रोसँग बुझेर त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्ने बताइन् ।

उनले नेता कार्यकर्ताबाट सदाझैं सधैं माया पाइरहने विश्वास व्यक्त गरिन् । ‘जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक आर्थिक रुपान्तरण गर्ने दायित्व बाँकी नै रहेको छ । यस्तो महत्वपूर्ण दायित्व पूरा गर्नका लागि नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रुपमा विकसित नेकपा एमाले सक्षम हुने छ’ भण्डारीले भनिन्,‘निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण राख्दै नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रको रुपमा चिनाउन एमालेलाई सफलता मिल्ने छ भन्ने मैले दृढ विश्वाससमेत लिएको छु ।’

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ६ : ०३ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले