पूर्वाधार विकास कार्यालयका ९६ प्रतिशत योजना सम्पन्न « Khabarhub

पूर्वाधार विकास कार्यालयका ९६ प्रतिशत योजना सम्पन्न


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दोलखा– चालु आर्थिक वर्ष सकिन लाग्दा पूर्वाधार विकास कार्यालय दोलखा अन्तर्गत विनियोजित वार्षिक विकासे योजनाको काम धमाधम भईरहेको छ ।कार्यालयको तथ्यांकअनुसार हालसम्म करिब ९६ प्रतिशत योजनाको काम सम्पन्न भएको छ।

कार्यालयले ठेक्का तथा उपभोक्ता समिति मार्फत एक सय २४ वटा योजना छनोट गरेकोमा हालसम्म ९६ प्रतिशत योजनाको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले बताए। कार्यालय प्रमुख ओझाका अनुसार कार्यालयले जिल्लाका ९ पालिकामा बहुवर्षिय सडक योजना-८ वटा बहुवर्षिय पुल योजना-४ वटा, साना ठेक्का मार्फत ६४ वटा योजना र उपभोक्ता समिति मार्फत निर्माण हुने ६० वटा योजना रहेको थियो।

कार्यालयका अनुसार बहुवर्षीय ८ वटा सडक मध्य ४ योजनाको निर्माण सम्पन्न भएको छ। त्यसैगरी ४ वटा पुल योजना मध्य २ वटाको निर्माण सम्पन्न भैसकेको कार्यालयले जनाएको छ। सान ठेक्का मार्फत सञ्चालित ९० प्रतिशत योजनाको काम पनि सम्पन्न भएर भुक्तानीको चरणमा रहेको र उपभोक्ता समिति मार्फतका सबै योजनाको निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ।

पूर्वाधार कार्यालयले चालु आर्थिक वर्ष सडक तथा पुल निर्माणको लागि १६ करोड ६१ लाख बजेट प्राप्त गरेको थियो। त्यसैगरी अन्य विभिन्न  पूर्वाधार मर्मतको लागि २ करोड १२ लाख, प्रादेशिक लोकमार्गको लागि ११ करोड ८७ लाख, प्रादेशिक मार्गको लागि २४ करोड ५४ लाख र शहरी तथा स्थानीय सडकको लागि १९ करोड ८५ लाख गरी ७४ करोड २९ लाख बजेट विनियोजन भएर आएको कार्यालयका लेखा अधिकृत छत्र कटुवालले बताए।

उनले वित्तीय प्रगति पनि ७० प्रतिशत भन्दा बढिरहेको जानकारी दिए। हालसम्म ७० प्रतिशत योजनाको भुक्तानी दिइसकेको उनले बताए।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : ४५ बजे

अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदै

काठमाडौँ– विश्वका विभिन्न देशमा आज जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

धनुषामा बस दुर्घटना, १७ जना घाइते

धनुषा– पूर्व–पश्चिम सडकखण्डअन्तर्गत धनुषाको मिथिला नगरपालिका– ९ फुटबल ग्राउण्ड नजिक

एसईईको नतिजा निकाल्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ परिणाम

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र

प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच

काठमाडौँ– काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु