कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ « Khabarhub

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दू अधिराज्य पुनस्थापना गर्ने लक्ष्य प्राप्तिको निमित्त निकट भविष्यमै पुनः आन्दोलन शुरु हुने बताएका छन् ।

पार्टी आवद्ध भातृ संगठन राष्ट्रिय युवा मोर्चा नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलन सफल पार्न कम्तीमा ५ हजार प्रतिवद्ध स्वयंसेवक तयार गर्न युवा मोर्चालाई निर्देशन समेत दिए ।

मुलुकमा कुशासन, ब्रम्हलुट, मनपरितन्त्र हाबी भएको भन्दै सर्बसत्ताबादी चिन्तनबाट शासकहरु अघि बढिरहेकोले जनताले यसको प्रतिवाद गर्ने समेत उल्लेख गरे । नेपाली जनताको भावनालाई कुल्चियर गणतन्त्र , धर्मनिरपेक्षता र संघीयता जबर्जस्ती लादिएको भन्दै थापाले बिदेशिले बोकाईदिएको भारी बोक्न तयार भएका दलहरु अहिले पनि बिदेशी शक्ति रिझाउन मै तल्लिन भएको आरोप लगाए ।

राजसंस्था भन्ने बित्तिकै केही केही मान्छे झस्किने गरेको भन्दै थापाले राजसंस्था र प्रजातन्त्र सङ्गै जाने भएकोले कोहि चिन्तित हुनु नपर्ने स्पष्ट पारे । राजा र जनता मिलेर मुलुकको आर्थिक ,सामाजिक , राजनीतिक कायापलट गर्ने दुरगामी सोच र योजना आफुहरुसङ्ग भएको समेत थापाले बताए ।

युवा पुस्ताले मनपरितन्त्र नसहने भन्दै अब हुने आन्दोलनमा युवाहरुको सकृय सहभागिता जरुरी भएको उनको धारणा थियो । कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष तेजकुमार कुरुङ्गवाङ्ग, युवा मोर्चाका सह(अध्यक्ष गृष्मबिक्रम मल्ल,लाक्पा शेर्पा , सरोज तिमल्सिना , शक्ति दर्शनधारी ,मनोज तिमल्सिना , बिनोद कपाली लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ९ : ४० बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको