मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल « Khabarhub

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तका आधारमा अघि बढेको बताएका छन् ।

जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा नेकपा (एमाले) पोखरा महानगर कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्र र राज्य पुनर्संरचनाको जग जबज भएको बताए ।

मदन भण्डारीले २०४७ सालको संविधानमा राखेको २७ बुँदे असहमति नै मुलुकको परिवर्तनको आधार भएको उनले बताए । जबजले समाज विकासका विभिन्न चरणमा शोषित, उत्पीडित वर्ग र समुदायका साथै सम्पूर्ण मानव जातिको मुक्तिलाई अङ्गीकार गरेको उनले बताए ।

एमालेलाई चारैतिरबाट आक्रमण भइरहेको वर्तमान अवस्थामा पार्टीका कार्यकर्ता सङ्गठित भएर अघि बढ्न आग्रह गरे ।

नेकपा (एमाले)का नेता सोमनाथ अधिकारी प्यासीले समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल बनाउन सबैको दायित्व भएको बताउँदै त्यसका लागि पार्टी जिम्मेवार र जवाफदेही भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको विकल्प नभएको बताए।

एमाले पोखरा नगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको प्रदेश सचिव धनञ्जय दवाडी, एमाले जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, सुशील बस्नेतलगायतले पार्टी कार्यकर्ता र जनप्रतिनिधिको भूमिकाबारे प्रकाश पारेका थिए । त्यस अवसरमा महानगर कमिटीद्वारा प्रकाशित मुखपत्र ‘अभियान’को दोस्रो अङ्कको लोकार्पण गरिएको थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ९ : ५९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी