हेपाटाइटिस 'बी' र 'सी' ले बिगार्छ कलेजो : यस्ता छन् हेपाटाइटिसका कारक र लक्षण | Khabarhub Khabarhub

हेपाटाइटिस ‘बी’ र ‘सी’ ले बिगार्छ कलेजो : यस्ता छन् हेपाटाइटिसका कारक र लक्षण


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व हेपाटाइटिसविरुद्धको दिवस ‘भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने उद्देश्य’ का साथ नेपाललगायत विश्वभर मनाइएको छ ।

हरेक वर्ष जुलाई २८ तारिखमा मनाइने दिवसको यस वर्षको नारा ‘हेपाटाइटिस लेट्स ब्रेक इट्स डाउन’ हेपाटाइटिसलाई तोडौं भन्ने राखिएको छ ।

स्वास्थ्य समस्याका रूपमा विकराल रूप लिँदै गएको यो रोगबाट विश्वमा करिब ३० करोड मानिस पीडित छन् भने हेपाटाइटिस ‘बी’ र ‘सी’ को सङ्क्रमणका कारण वर्षमा १३ देखि १४ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

नेपालमा यसको तथ्याङ्क सरकारसँग छैन । तर तीन लाख बढी मानिस हेपाटाइटिस रोगबाट पीडित हुनसक्ने चिकित्सकको अनुमान छ । कलेजोको समस्या लिएर उपचारका लागि आउने धेरै बिरामीमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को सङ्क्रमण रहेको पाइएको कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल बताउँछन् ।

के हो हेपाटाइटिस ?

अंग्रेजीमा कुनै पनि शब्दका पछाडि ‘आइटिस’ थपियो भने ‘सुन्निएको’ भन्ने बुझिन्छ । त्यसैगरी कलेजो सुन्निएको अवस्थालाई हेपाटाइटिस भनिने डा. पौडेल बताउँछन् ।

उनका अनुसार नेपालीलाई विशेषगरी हेपाटाइटिस ‘ए’ ‘बी’ ‘सी’ र ‘ई’ को सङ्क्रमण धेरै हुने गरेको छ । हेपाटाइटिस ‘ए’ र ‘ई’ ले छोटो खालको इन्फेक्शन गराउँछ । जसलाई ‘इक्युट हेपाटाइटिस’ भनिन्छ ।

जसमा बिरामीलाई पेट दुख्ने, ज्वरो आउने, जण्डिस हुने, वाकवाकी लाग्ने, जस्ता लक्षण देखिन्छन् । यसको सङ्क्रमण करिब ९९ प्रतिशतलाई आफैं निको हुने डा. पौडेल बताउँछन् । ‘हेपाटाइटिस ‘बी’ र ‘सी’ भनेको विशेष गरी रगतबाट र असुरक्षित यौनसम्पर्कबाट सर्ने गर्दछ । ‘बी’ ‘सी’ ले छोटो ‘इन्फेक्शन’ सँगै लामो ‘इन्फेक्शन’ पनि गराउँछ । जसलाई ‘क्रोनिक इन्फेक्शन’ भनिन्छ । जसले दीर्घकालीन असर गर्छ ।’ डा. पौडेल भन्छन् ।

हेपाटाइटिस ‘बी’ को सङ्क्रमण लामो समयसम्म भइरह्यो र औषधि सेवन गरिएन, जाँचहरू गराइएन भने पछि गएर कलेजो खराब भएर ‘सिरोसिस’ हुने, कलेजोको क्यान्सर हुने सम्भावना एकदमै धेरै हुन्छ । त्यस्तै हेपाटाइटिस ‘सी’ पनि लामो समयसम्म रह्यो भने कलेजोमा ‘इन्फेक्शन’ भयो भने क्यान्सर गराउने र ‘सिरोसिस’ गराउने सम्भावना रहने डा. पौडेल बताउँछन् ।

हेपाटाइटिस हुनुको मुख्य कारण

डा. पौडेलका अनुसार अहिले धेरैजसो बिरामीमा जन्मजातै हेपाटाइटिस भएको पाइन्छ । सङ्क्रमित आमाबाट जन्मिने बच्चामा सरेको पाइएको छ । जसलाई ‘भर्टिकल ट्रान्समिसन’ भनिन्छ ।

पछिल्लो समय गर्भवती भएको ९ महिनाभित्र हरेक आमाको हेपाटाइटिस ‘बी’ र ‘सी’ को जाँच अनिवार्य गरिएको डा. पौडेलले बताउँछन् । तर अस्पताल नै नआउने आमाहरूलाई यसबारेमा थाहा हुँदैन । त्यसैले मुख्य कारण ‘भर्टिकल ट्रान्समिसन’ हो भने अन्य कारण असुरक्षित यौनसम्पर्क, लागूपदार्थ तथा सिरिञ्जहरूको प्रयोग, अस्पतालमा राम्रोसँग ‘डिप्mयुज’ नभएका सामानको प्रयोगलगायतका क्रियाकलाप यसका मुख्य कारक मानिन्छन् ।

त्यसमा पनि हेपाटाइटिस ‘बी’ यौनिक क्रियाकलापबाट बढी सर्ने गरेको पाइएको छ भने ‘सी’ रगतको माध्यमबाट सर्ने जोखिम रहने डा. पौडेलको भनाइ छ ।

सुरुवाती लक्षणहरू

कुनै पनि हेपाटाइटिसको सुरुवाती लक्षण पेट दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, जण्डिस हुने, वाकवाकी लाग्ने हुन्छ ।

यस्ता लक्षण केही समयमै निको भए भने ‘ए’ र ‘ई’ को सङ्क्रमण हुनसक्ने डा. पौडेलको भनाइ छ । त्यस्तै हेपाटाइटिस ‘बी’ को सङ्क्रमण हुँदा यस्ता केही ‘एक्युट इन्फेक्शन’ हुन्छन् भने ती लक्षण लामो समयसम्म भइराख्छन् । जसलाई ‘क्रोनिक इन्फेक्शन’ भनिन्छ ।

‘हेपाटाइटिस ‘सी’ मा पनि त्यस्तै लक्षण देख्निछन् र लामो समयसम्म ती लक्षण दोहोरिए भने ‘क्रोनिक इन्फेक्शन’ हुने सम्भावना हुन्छ र त्यसपछि लक्षणहरू खासै देखिँदैनन् ।’ डा. पौडेल भन्छन्,‘तर बिस्तारै कलेजोलाई क्षति पु¥याइरहेको हुन्छ, बिरामीलाई थाहा हुँदैन । कलेजोमा क्यान्सर या ‘सिरोसिस’ भयो र पूर्णरूपमा क्षति पुगेपछि मात्रै बिरामीले थाहा पाउँछन् ।’

अहिले कलेजोको समस्या लिएर आउने धेरै बिरामीमा यही समस्या हुने गरेको डा. पौडेलको भनाइ छ ।

रोकथामका उपाय

छोटो खालको ‘इन्फेक्शन’ गराउने हेपाटाइटिस ‘ए’ र ‘ई’ खराब खालको खानपिन तथा दूषित पानीबाट सर्छ । पानी उमालेर खाने, सडक छेउमा पाइने जथाभावी खानेकुरा नखाने, खाना खानुअघि साबुन पानीले हात धुनेलगायतका सावधानी अपनाउनु पर्ने डा. पौडेलको भनाइ छ ।

त्यस्तै नेपालमा धेरै देखिने हेपाटाइटिस ‘बी’ र ‘ए’ का लागि ‘भ्याक्सिन’ उपलब्ध छ भने यो भ्याक्सिन लगाउँदा यसको सङ्क्रमणबाट बच्ने सम्भावना एकदमै धेरै हुने डा. पौडेल बताउँछन् ।

सबैभन्दा धेरै घातक मानिने हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट बच्नका लागि रगत चढाउनुपर्दा राम्रोसँग जाँच गरेर चढाउने, सिरिञ्जहरूको प्रयोगमा ध्यान दिनुपर्छ । हेपाटाइटिस ‘सी’ मुख्यगरी ‘डाइलासिस’ गराइरहेका बिरामीलाई बढी सर्ने देखिएकाले ‘डाइलासिस’ जस्तै रगतको प्रयोग गरी उपचार गर्नुपर्दा रगतको जाँच तथा स्क्रिनिङ गराएर मात्रै उपचार गर्ने, असुरक्षित यौनसम्पर्कबाट बच्नेलगायतका कुरामा ध्यान दिए रोगको रोकथाम गर्न सकिने डा. पौडेल बताउँछन् ।

के छ उपचार ?

डा.पौडेलका अनुसार हेपाटाइटिस ‘ए’ र ‘ई’ को सङ्क्रमण करिब ९९ प्रतिशत बिरामीलाई आफैं निको भएर जान्छ भने ‘बी’ र ‘सी’ का लागि १२ हप्तासम्म लगातार औषधि खाँदा पूर्णरूपमा निको हुन्छ ।

हेपाटाइटिस ‘बी’ पूर्ण रूपमा ठीक नभए पनि यसले कलेजोमा गराउने जोखिमलाई कम गर्न औषधिहरू रहेका डा. पौडेल बताउँछन् ।

‘यो औषधि सबै बिरामीहरूलाई त खुवाइँदैन । तर हेपाटाइटिस ‘बी’ कै कारण उसको कलेजो सुन्निएको छ, चोट लागेको छ भने त्यस्ता बिरामीलाई हेपाटाइटिस ‘बी’ को औषधि दिइन्छ, औषधि दिन सकिन्छ ।’ डा. पौडेल भन्छन्, ‘त्यस्तै परिवारमा कसैलाई यो रोग देखियो भने ‘भ्याक्सिन’ लगाउँदा अरुलाई सर्न पाउँदैन । जस्तै श्रीमानलाई हेपाटाइटिस ‘बी’ छ भने श्रीमतीले पनि भ्यक्सिन लगाउनुपर्छ ।’

डा. पौडेलका अनुसार हेपाटाइटिसका कारण कलेजो सुन्निएको छ भने समयमै औषधि खाँदा भोलि गएर क्यान्सर हुने ‘सिरोसिस’ हुने जोखिम कम गर्न सकिन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ५१ बजे

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते