अपडेट: हायू परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा | Khabarhub Khabarhub

अपडेट: हायू परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना बेपत्ता भएको घटनामा एक जना सदस्य प्रहरी सम्पर्कमा आएकी छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हायू परिवारकी माइली छोरी सुजाता हायू सम्पर्कमा आएकी हुन् । उनी पहिलेदेखि नै काठमाडौंमा श्रीमानसँग बस्दै आएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार प्रहरीको सम्पर्कमा आएकी सुजाताले परिवारका अन्य सदस्य आफ्नो सम्पर्कमा नरहेको भन्दै खोजीदिन आग्रह गरेकी छन् ।

उनले भने, ‘बेपत्ता हायू परिवारकी छोरी सुजाता हाम्रो सम्पर्कमा आएकी छन्। उनले आफू लामो समयदेखि श्रीमानसँग काठमाडौंमा बस्दै आएको बताएकी छन् । परिवारका अन्य उनको सम्पर्कमा छैनन् । ’

यसअघि सोमबार गोलन्जोर गाउँपालिकाले सुजातासहित परिवारका १६ जना सदस्य बेपत्ता भएको भन्दै नामावली सार्वजनिक गरेको थियो। उनीहरू गत शुक्रबारदेखि सम्पर्कविहीन रहेको गाउँपालिकाले जनाएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ८ : ५२ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध