हायु परिवारका सबैको मोबाइल स्विच अफ, वडाध्यक्ष भन्छन्- घटना रहस्यमय छ « Khabarhub

हायु परिवारका सबैको मोबाइल स्विच अफ, वडाध्यक्ष भन्छन्- घटना रहस्यमय छ


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट लोपोन्मुख हायु समुदायका एकै परिवारका १६ जना बेपत्ता हुँदा सनसनी मच्चिएको छ।

सम्भवत: गत बिहीबार राति या शुक्रबार बिहानदेखि घरबाट गायब स्थानीय उर्मिला हायुको परिवारका १६ जनाको खोजी तीव्र पारिए पनि अहिलेसम्म कुनै सुइँको मिलेको छैन । हायु परिवारबारे सोमबार बिहान साढे ९ बजे खबर पाएपछि साढे १० बजे घरमा पुगेका गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठ घटना रहस्यमय रहेको बताउँछन्।

खबर आएपछि प्रहरीको टोली र वडाध्यक्ष रविन श्रेष्ठ हायु परिवारको घरमा पुग्दा कुकुर रोइहरहेको थियो भने अरु चौपाया पनि अलपत्र थिए । वडाध्यक्ष श्रेष्ठ, स्थानीय छिमेकी र प्रहरी हायु परिवारको घरमा पुग्दा बेवारिसे बनेको कुकुर झ्यालमा बसेर रोइरहेको थियो । अहिले हायु परिवारको खोजी व्यापक बनाइएको छ । तर यो परिवारका सबै सदस्यको मोबाइल फोनसमेत बन्द रहेकाले घटना झनै रहस्यमय देखिएको छ । हायु परिवारको खोजीमा जुटेका अध्यक्ष श्रेष्ठसँग हामीले टेलिफोन संवाद गरेका छौँ ।

यो घटनाबारे बताइदिनुस् न !

म अहिले घटनास्थलमै छु । हामीलाई उर्मिला हायुसहित यो घरका १६ जना सदस्य हराएको खबर सोमबार बिहान साढे ९ बजे आएको थियो । म आफैँ पनि यहाँ बिहान साढे १० बजे आइपुगेँ ।

कसरी थाहा भयो परिवारका सबै सदस्य हराएको ?

यो घरवाला (उर्मिला हायु) को भैंसी घरभन्दा करिब ४५ मिनेटभन्दा पर डाँडाको गोठमा बाँधेको रहेछ । आजभन्दा तीन दिनअघिबाट भैंसीलाई घाँस पानी गर्नै कोही नआएको पाइयो । त्यसपछि छिमेकीले शंका लागेर हेर्न आउँदा घर नै रित्तो भेट्नु भयो ।

कस्तो थियो त्यो घरमा तपाईं पुग्दा ?

घरसँगै जोडेर आँगनमा बनाएको भान्सामा आगो लागेको थियो । कुखुरा र बाख्रा बारीमा थिए ।

खोजी गर्नु भएन र ?

अहिले व्यापक खोजी गरिरहेका छौँ । मैले वडा कार्यालयमा हेरेर उहाँहरू सबैको मोइबाइल नम्बरमा फोन गर्दा पनि अफ छ । कसैसँग सम्पर्क हुन सकेको छैन ।

हायु परिवार कहिलेदेखि बेपत्ता भएको हो त ?

मलाई लाग्छ, यो घटना तीन दिनअघिको हो । यो घरमा घटनास्थल हेर्दा उहाँहरू तीन दिनदेखि यहाँ हुनु हुन्न् ।

के देख्नु भयो घरमा ?

घरमा हेर्दा उहाँहरूले बंगुर बिहीबार काटेको देखिन्छ । तीन दिनअघि नै उहाँहरू हिँड्नु भएको हो । बंगुरको मासु गन्हाइसकेकाले पनि यो अनुमान गर्न सकिन्छ ।

छिमेकीले के भन्नु भयो तपाईंहरूलाई ?

डाँडामा बाँधेको भैंसीलाई घाँसपानी गर्न नआएपछि छिमेकीले नै स्याहारिदिनु भएको रहेछ । तर यो परिवारका सदस्यसँग बिहीबार भेट पनि भएको रहेछ । तर तीन दिनदेखि भैंसी बेवारिसे देखिएपछि उहाँहरूलाई शंका बढेको रहेछ ।

छिमेकी कति पर रहेछन् ?

हायु परिवारको भैंसी घरभन्दा अलिक परै बाँधेको रहेछ। उहाँहरू नआएपछि छिमेकीले नै घाँसपानी गरिदिएका रहेछन् । लगातार नआएपछि घरमा हेर्दा कोही नदेखिएपछि घटना थाहा भयो । हायु परिवारको घरबाट दुवैतर्फ छिमेकीको घर पुग्न कम्तीमा १५ मिनेट लाग्छ ।

हराएको १६ जना नै हो त ?

छोरी ज्वाइँ पनि पाहुना आएकाले हराएकाहरूको संख्या १६ नै भन्ने आएको छ । जम्मा परिवारका सदस्य १८ जना हुन् । जसमध्ये एकजना काठमाडौं र एकजना बुहारी विदेशमा रहेको खुलेको छ ।

उहाँहरूबारे तपाईंलाई थप के जानकारी छ ?

उहाँहरू अल्पसंख्यक जातिमा सूचीकृत हुनु हुन्छ । लोपोन्मुख सूचीमा भएकाले हायु परिवारका सबैजना सामाजिक सुरक्षा भत्ता लिन केही दिनअघि वडामा आउनु भएको थियो । नवीकरण पनि आफैं गर्नुपर्ने भएकाले वडामा आएर भत्ता बुझ्नु भएको थियो ।

भूगोल कस्तो छ ?

छिमेकीको घरसम्म पुग्नै १५ देखि २० मिनेट लाग्छ । यो हायु परिवार सडकमा निस्किन खहरे हुँदै तल तल झर्ने गर्छ । यहाँको भूगोल सजिलो छैन । हायु परिवारको घर त झनै एकान्तमा छ ।

के कारण होला त ?

मलाई केही गाउँले भनेअनुसार हायु परिवार ऋणको बोझले तनावमा रहेछ । कोही कोही गाउँलेले ऋणको कारणले लुकेको हो कि भन्ने आशंका गरेका छन् । अर्कातिर भत्ता लिएर आएकाले कसैले केही गरेको हो कि भन्ने आशंका पनि छ । तर त्यति ठूलो परिवारका सदस्यलाई कसैले केही गर्न पनि धेरै सोच्नुपर्ने हुन्छ ।

अहिले घटनास्थलमा के हुँदैछ ?

हामी अहिले सबैतिर सर्च गरिरहेका छौँ । खोल्सा, खहरे र बारीको पाटा सबैतिर खोजिरहेका छौँ । तर अहिलेसम्म केही सुराक भेटिएको छैन । हामीसँगै स्थानीयबासी र प्रहरी पनि खोजीमा लागेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ३ : २८ बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल