पोखराको होटल जननीमा शनिबारको रात बिताएर अन्यत्र हिँडेको थियो हायू परिवार « Khabarhub

पोखराको होटल जननीमा शनिबारको रात बिताएर अन्यत्र हिँडेको थियो हायू परिवार


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुलीबाट गत बिहीबार रातिदेखि हराएका हायू परिवारका १६ जना पोखरा महानगरपालिकाको गगनगौंडामा भेटिएका छन् ।

सिन्धुलीबाट घर र पशुचौपाया अलपत्र पारेर हिँडेका घरमूली ५२ वर्षीया उर्मिला हायूसहितका सोह्रैजना शनिबार दिउँसो ३ बजे पोखरा पुगेका थिए ।

उनीहरूले पोखरास्थित होटल जननीमा ३ वटा कोठा लिएर शनिबारको रात बिताए । होटल जननी सञ्चालक सुनील भुर्तेलका अनुसार बालबच्चासहित सोह्रैजनाको समूहले तीनवटा कोठा लिएर रात बिताएको थियो ।

‘उनीहरूले कोठा लिँदा नाम, थर र ठेगाना खुलाउन आनाकानी गरेका थिए । हाम्रो होटलमा तीनवटा कोठा लिएर बसेका उनीहरूको अवस्था शंकास्पद लागेपछि आइतबार बिहान चेकआउट गरेर पठाइदिएँ’, भुर्तेलले खबरहबलाई भने, ‘लवाई खवाई र उनीहरूको व्यवहार अलिक शंकास्पद थियो । त्यसैले एक रात बस्न दिएर भोलिप्लट बिदा गरेको थिएँ ।’

भुर्तेलका अनुसार उनीहरू होटलमा ५ हजार रुपैयाँ तिरेर आइतबार अन्यत्र लागेका थिए । ‘उनीहरूको व्यवहार र चालचलन हेर्दा केही न केही गडबडी छ जस्तो लागेको थियो’, उनले भने, ‘त्यहीकारण झमेलामा पर्नुपहिले नै मैले होटलबाट चेकआउट गराएर पठाएको थिएँ । अहिले उनीहरू सिन्धुलीमा घर अलपत्र छाडेर हिँडेको समूह रहेको खुल्यो ।’

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ बाट बेपत्ता हायू परिवारका सबैलाई प्रहरीले फेला पारेर अहिले चेकजाँच गरिरहेको छ । प्राप्त भएका नामावलीअनुसार उनीहरूको विवरण कास्की प्रहरीले रुजु गरिरहेको छ । उनीहरूले आफूहरू लेबर काम गर्न पोखरा आएको प्रहरीलाई बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका-६ बिखर कटेरी डेड्पाबाट हराएका हायू समुदायका एकै परिवारका १६ जना सदस्य । प्रहरीले उर्मिला हायूसहित १६ जना बेपत्ताको सूची सोमबार दिउँसो सार्वजनिक गरेको थियो ।

१) ५२ वर्षीया उर्मिला हायू ( घरमुली आमा)

२) २७ वर्षीया कमला हायू (जेठी छोरी)

३) २३ वर्षीया कोमल माया हायू (माइली बुहारी)

४) २२ वर्षीया उषा हायू (छोरी)

५) १९ वर्षीया सुजता हायू (छोरी)

६) १८ वर्षीया अस्मिता हायू (छोरी)

७) १२ वर्षीया सान्ता हायु (छोरी)

८) २९ वर्षीय राजु हायू (जेठा छोरा)

९) २४ वर्षीय हिमाल हायू (माइला छोरा)

१०) १६ वर्षीय लालबहादुर हायू (साइँला छोरा)

११) १४ वर्षीय बेगबहादुर हायू (छोरा)

१२) ११ वर्षीय लक्की हायू (छोरा)

१३) १२ वर्षीय सुवर्ण हायू (छोरा)

१४) १० वर्षीया ओमकुमारी हायू (छोरी)

१५) १ वर्षीय अर्जुन हायू (नाति)

१६) ४ वर्षीय रियासा हायू (नातिनी)

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ९ : ५५ बजे

आइपिएल : चेन्नईलाई हैदराबादले दियो १९५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा

ट्रम्पले भने : ‘स्ट्रेट अफ हर्मुज’ मा इरानले हामीलाई सौदाबाजी गर्न सक्दैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई स्ट्रेट अफ

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर – जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

च्यालेन्ज ट्रफीमा नेपालको खराब सुरुवात, अमेरिकासँग ४४ रनले पराजित

काठमाडौं – पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको