अफ्रिकामा खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता « Khabarhub

अफ्रिकामा खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

इथियोपिया – इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘भोकलाई कहिल्यै पनि युद्धको हतियारको रूपमा प्रयोग’ गर्नु नहुने स्पष्ट रूपमा उल्लेख गरेका छन् । अफ्रिका महादेशमा हाल करिब २८ करोड मानिसहरू भोक, कुपोषण र भोकमरीको गम्भीर जोखिममा छन् ।

गुटेरेसले भिडियो सन्देशमार्फत सम्मेलनमा सम्बोधन गर्दै भने, “भोकले अशान्ति फैलाउँछ र स्थायित्वमा बाधा पु¥याउँछ । त्यसैले हामीले भोकलाई कहिल्यै पनि द्वन्द्वको माध्यम बनाउने कुरा स्वीकार गर्नु हुँदैन ।” उनले जलवायु परिवर्तनका कारण बाली उत्पादनमा समस्या, आपूर्ति प्रणालीमा अवरोध, र मानवीय सहायता प्रभावित भएको कुरामा पनि चिन्ता व्यक्त गरे ।

गाजामा जारी द्वन्द्वका कारण अहिले त्यहाँको जनसंख्या गम्भीर संकटमा परिरहेको उनले बताए । दुई करोडभन्दा बढी जनसंख्या भोकमरी र कुपोषणको चपेटामा परिरहेको छ । इजरायलले गाजामा गत मार्च देखि पूर्ण नाकाबन्दी लगाएपछि अवस्था झन् जटिल भएको छ । यद्यपि पछिल्लो समयमा केही राहत सामग्री जान थाले पनि सयभन्दा बढी सहायता संस्थाहरूले ‘गम्भीर भोकमरी’ फैलिरहेको चेतावनी दिएका छन् ।

सम्मेलनको अवसरमा अफ्रिकी संघका कार्यकारी प्रमुख महमूद अली युसुफले हाल अफ्रिकाभर खाद्य संकट गहिरिँदै गएको जानकारी दिए । उनले जलवायुजन्य आपत्, द्वन्द्व र आर्थिक अव्यवस्थालाई यस समस्याको मुख्य कारणका रूपमा उल्लेख गर्दै भने,“आजको दिनमा कति बालबालिका र आमाहरू भोकै सुतेका छन् । यो स्थिति तुरुन्तै समाधानको खाँचो भएको अवस्था हो ।”

उनका अनुसार अफ्रिकामा २८ करोडभन्दा बढी मानिसहरू कुपोषणको शिकार भएका छन् र झन्डै ३४ लाख व्यक्ति भोकमरीको गम्भीर जोखिममा छन् । करिब एक करोड मानिसहरू सुख्खा, बाढी र आँधीका कारण आफ्नो घरबार गुमाउन बाध्य भएका छन् ।

युसुफले अफ्रिकी देशहरूले आफ्ना कुल आम्दानीको दश प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, उनले अन्तर्राष्ट्रिय साझेदारहरूलाई अफ्रिकी समाधानहरूलाई सहयोग गर्न र अघिल्लो प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरे ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : ४७ बजे

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा

नेपालमा विदेशी पर्यटक बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको