आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ अगष्ट २८ तारिख। ऋषिपञ्चमी व्रत। आज सप्तऋषिको पूजा हुन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः  

मेष : दिन सामान्य छ। अग्रजबाट अपमानित भएको महसुस हुनेछ। स्वास्थ्यमा ख्याल नगर्दा ठुलो समस्या आइपर्ने देखिन्छ। शिक्षा र वैदेशिक रोजगारीको क्षेत्रमा लाभ हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। विपक्षी साथीले आलोचना गरेको सुन्नुपर्नेछ। औषधी नियमित नहुँदा स्वास्थ्यमा थप समस्या हुनेछ। संकटमा परिवारको साथ मिल्ने योग छ।

मिथुन : दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। साथीको साथले राजनीतिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : दिन सामान्य छ। बोल्दा सचेत बन्नुपर्नेछ। नसोची बोलेको कुराले आफैंलाई संकटमा पार्नेछ। व्यापार डुब्ने जोखिम देखिन्छ। विपक्षीसँग सहमति गरेर अगाडि बढेमा दिन सहज बन्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शनिको प्रभावले मनमा चञ्चलता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्यमा सुधारका सङ्केत देखिने छन्। स्वदेशको भन्दा विदेशको लगानीबाट नाफा हुनेछ। परिवारको सल्लाह र सुझाव अनुसार अगाडि बढ्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन शान्त र प्रशन्न हुनेछ। विज्ञसँगको भेटले बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। शिक्षामा गरेको गहिरो अध्ययनले नाफा हुनेछ। राज्यको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। अनावश्यक क्षेत्रमा सम्पत्ति खर्च हुनेछ। आफूभन्दा ठुलाबाट अपमानित भएको महसुस हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : दिन राम्रो छ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा प्रगति हुने योग छ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट नाफा हुनेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुने समय छ।

कुम्भ : दिन राम्रो छ। बौद्धिक साथीको साथ मिल्नेछ। विपक्षी कमजोर बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सामान्य छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ। 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ५ : ०३ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना