‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’ « Khabarhub

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरूसँगै कक्षाकोठामा राखिएको छ । यस्ता विद्यार्थीका लागि छुट्टै शिक्षकको व्यवस्था गरिए पनि अन्य विद्यार्थीहरूसँगै राखेर पढाइन्छ ।

शारीरिक रूपमा अशक्त बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले अन्य विद्यार्थीसँगै कक्षा कोठामा राखेर पठनपाठन गर्ने गरिएको पूर्णिमा आधारभूत विद्यालयका प्रधानाध्यापक लोकबहादुर वडायकले बताए । उनका अनुसार यस वर्ष मात्रै विद्यालयले चार जना अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गरेको छ ।

बालविकास कक्षामा अपाङ्गता भएका बालबालिकालाई पठनपाठनका लागि दातृ निकायको सहयोगमा छुट्टै शिक्षकको व्यवस्था गरिएको छ । ‘हामीले वडामा रहेका अपाङ्गता भएका बालबालिकाको पत्ता लगाएर विद्यालयमा भर्ना गर्न लगायौँ’, प्रधानाध्यापक वडायकले भने, ‘अरूलाई देखेर पनि बालबालिकाको मनोबल बढ्छ कि भनेर हामीले विद्यालयमा भर्ना गरेका हौँ ।’

विद्यालय भर्ना भएपछि बालबालिकामा सुधार आइरहेको उनको भनाइ छ । ‘कक्षा ५ मा एक जना बच्चा देख्न र बोल्न सक्दैनन्, तर पनि हामीले पढाइमा लगाव बढाउन उत्प्रेरित गरिरहेका छौँ’, वडायकले भने ।

अपाङ्गता भएकै कारण घरको कोठाबाट बाहिर आउन नसक्ने लालझाडी गाउँपालिका– ३ बल्मीका मयन्क राना हाल कक्षा कोठामा अन्य विद्यार्थीसँगै पढ्छन् । ‘मैले त छोरा यसरी विद्यालयमा भर्ना होला भन्ने कल्पनासमेत गरेकी थिएन’, आमा श्रीमतु रानाले भनिन्, ‘हाल छोरा अलिअलि हिँड्छ, विद्यालयमा भर्ना भएको छ  । विद्यालयमा ल्याउने र लैजाने काम आफैँले गरिरहेकी छु ।’

उनले छोराको खुट्टामा समस्या भएका कारण विगतमा हिँडडुल गर्न सक्दैन भनेर घरमै राख्ने गरेको भए पनि नजिकैको विद्यालयले भर्ना लिने र पढाउने भनेपछि हाल केही सहज भएको भन्दै खुसी व्यक्त गरिन् ।

हाल उक्त विद्यालयको बालविकास कक्षामा तीन जना अपाङ्गता भएका बालबालिका छन् ।

यहाँको भानु माध्यमिक विद्यालयमा पनि अपाङ्गता भएका विद्यार्थीलाई अन्य विद्यार्थीसँगै राखेर अध्यापन गरिँदै आइएको छ । विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले हाल अपाङ्गता भएका विद्यार्थीलाई लक्षित कक्षा कोठा व्यवस्थापन गरेर पठनपाठन भइरहेको जानकारी दिए ।

उनले भने, ‘कक्षामा कम सुन्ने, पछाडिबाट बोर्डमा लेखेको नदेख्ने र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई कक्षामा छुट्टै बस्ने व्यवस्थापन गरेर पठनपाठन गराइरहेका छौँ ।’ यहाँ २३ जना अपाङ्गता भएका विद्यार्थीले अध्ययन गर्ने अवसर पाएका छन् ।

सामान्यतः अपाङ्ता भएका बालबालिकाका लागि छुट्टै विद्यालय हुनुपर्ने व्यवस्था छ, तर यस क्षेत्रमा त्यस्तो विद्यालय छैन । यहाँका दुई विद्यालयले अन्य विद्यार्थीसँगै राखेर अपाङ्गता भएका बालबालिकालाई पनि अध्ययन गराउन थालेपछि केही सहज भएको छ । (रासस)

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ८ : ०२ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका