पर्वतका ८६ सडक स्तरोन्नति हुँदै « Khabarhub

पर्वतका ८६ सडक स्तरोन्नति हुँदै


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्वत– सङ्घीय सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ९६ करोड रुपैयाँभन्दा बढीको लागतमा ८६ सडक स्तरोन्नति गर्ने भएका छन् ।  जिल्लाका ग्रामीण सडक सुधारमा उक्त रकम गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत खर्च गरिने छ । 

सडक स्तरोन्नति पनि सोही मन्त्रालयको समन्वयमा हुनेछ । प्रदेश सरकारले  ६३ करोड ५७ लाख र स्थानीय विकास मन्त्रालयले ३३ करोड रुपैयाँ प्रदान गर्ने यहाँस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।

गत वर्षको तुलनामा आयोजना र बजेट घटेको छ । यो वर्ष १९ करोड ४५ रुपैयाँ बजेट घटेको छभने ५० वटा आयोजना  कम  छन् । विगतदेखि सञ्चालनमा रहेका  छ वटा बहुवर्षीय  योजनालाई स्रोत सुनिश्चित भएको छ । 

यसैगरी, दक्षिण पर्वतको पैँयू गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलका लागि ५१ लख ४० हजार रुपैयाँ र मिलनचोक–सल्ल्यान–घाखेत सडकका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो सडक विगत चार वर्षदेखि गति लिन सकेको छैन । 

बस्ती विकास कार्यक्रमअन्तर्गत सङ्घ सशर्त अनुदानबाट पाँच वटा सडकका लागि दुई करोड ७५ लाख रुपैयाँ विनियोजन भई कार्यान्वयन गर्न सुरु गरिएको छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ११ : ३० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको