संघले तीन करोडभन्दा साना योजना कार्यान्वयन नगर्ने विषय चुनौती भयो : अर्थमन्त्री « Khabarhub

संघले तीन करोडभन्दा साना योजना कार्यान्वयन नगर्ने विषय चुनौती भयो : अर्थमन्त्री


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजना निर्माणको अभ्यासलाई सच्याउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताएका छन् ।

पूर्व योजनाकारमञ्च नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पौडेलले प्रतिफल दिने आयोजनालाई प्राथमिकता दिनेगरि योजना निर्माणको अभ्यासलाई सच्चाउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताए ।

अहिले बजेट निर्माणमा तीन करोडभन्दा साना योजना सङ्घीय सरकारले कार्यान्वयन नगर्ने विषय लागू गर्नसमेत चुनौती खडा भएको उनले बताए ।

उनले अपेक्षित रुपमा लगानी भित्र्याउन र देशभित्रकै लगानी परिचालनका लागि कानुनी सुधार गर्दै लगानीको वातावरण बनाउने जिकिर गरे ।

पौडेलले विकासको आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्नेमा समेत जोड दिए । |

उनले विश्वव्यापी सन्दर्भ र परिस्थितिअनुसार अनुदानमुखी भएर अगाडि बढ्न नसकिने र मुलुकको विकासका लागि प्राप्त हुने सहुलियतपूर्ण ऋणलाई सही रुपमा परिचालन गर्नुपर्ने बताए ।

कार्यक्रममा योजना जपज्ञहरूले‍ मुलुकको समृद्धितर्फको यात्रालाई अन्तरराष्ट्रिय समुदायले पनि विश्वास गर्न सक्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  १ : ४९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको