घ्याम्पेडाँडा-रानीकोट हुँदै पनौती जाने सडक पहिरोको जोखिममा « Khabarhub

घ्याम्पेडाँडा-रानीकोट हुँदै पनौती जाने सडक पहिरोको जोखिममा


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा-रानीकोट हुँदै पनौती जाने सडक पहिरोका कारण दुर्घटनाको उच्च जोखिममा परेको छ । 

सूर्यविनायक चोकबाट घ्याम्पेडाँडा, रानीकोट हुँदै काभ्रेको पनौती जोड्ने सडकमा पहिरो गएपछि यातायातका साधन आवागमनमा समस्या पर्नुका साथै पहिरोका कारण दुर्घटनाको जोखिम उच्च भएको हो ।

रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले भक्तपुरबाट पनौती जाने एक मात्र वैकल्पिक सडकको रूपमा रहेको घ्याम्पेडाँडा–रानीकोट खण्डमा पहिरो गएको बताए। उक्त खण्ड भएर पनौती जाने छोटो दूरीको सडक पहिरोको उच्च जोखिममा रहेको उनको भनाइ छ ।

उनले भने, ‘सूर्यविनायकबाट काभ्रेको पनौती पुग्ने छोटो दूरीको यो एक मात्र सडक हो । यो पर्यटकीय सडक पनि हो । सूर्यविनायकको पर्यटकीय क्षेत्रका रूपमा परिचित रानीकोटमा आन्तरिक र बाह्य पर्यटकको चाप बढिरहेको अवस्थामा एक महिनादेखि पटकपटक पहिरो गइरहेको छ । केहि दिन यता खानेपानीको पाइप फुटेर पानी बगेपछि थप पहिरो गएर जोखिम बढेको हो, यहाँ कुनै पनि बेला दुर्घटना हुनसक्ने जोखिम छ ।’

पहिरो जान थालेपछि पनौतीबाट दूध, तरकारीलगायत दैनिक खाद्यान्नका सामग्री बोकेर सूर्यविनायक आउने–जाने सवारीसाधनमा कमी भएको बकेँले बताए। साथै घ्याम्पेडाँडा र रानीकोट जाने स्थानीयवासी एवं पर्यटकलाई सास्ती भएको उनको भनाइ छ । 

पर्यटन व्यवसायी बकेँले भने, ‘रानीकोटमा आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेख्य हुने गथ्र्यौ, सडकका कारण पर्यटन व्यवसायमा समस्या आएको छ । घ्याम्पेडाँडामाथि रानीकोटसम्म आएको पहिरो हरेक वर्ष म आफैँले डोजर लगाएर पन्छाउने गर्थे । यसवर्ष पनि पन्छाउँदै आएको छु, तर सूर्यविनायकबाट घ्याम्पेडाँडासम्मको सडक थप जोखिममा परेको छ ।’

उनले हरेक वर्ष घ्याम्पेडाँडा हुँदै रानीकोट जाने सडकमा पहिरो जाने गरेपनि देशको तीनवटै सरकारले बेवास्ता गरेको गुनासो गरे । हरेक दिन पनौतीबाट सूर्यविनायकसम्म सयौँ सवारिसाधन ओहोरदोहोर गर्ने यो सडक उच्च जोखिममा पर्दा पनि पहिरो नियन्त्रण गर्न र पहिरो पन्छाउनेबारे कसैले चासो नदिएको यहाँका पर्यटन व्यवसायीको गुनासो छ । 

घ्याम्पेडाँडाका स्थानीय समिर लामाले यो सडकको अवस्था नाजुक भएको, कालोपत्र उप्किएर खाल्डैखाल्डो भएको र साँघुरो भएकाले स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपरेको गुनासो गरे ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ३ : ५९ बजे

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार

भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित

लखनऊ– भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी