धानबालीमा डढुवा रोगको समस्या « Khabarhub

धानबालीमा डढुवा रोगको समस्या


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन– यहाँका तीन वटा स्थानीय तहमा रोपिएका धानमा डढुवा रोगको समस्या देखिएको छ । भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा यो समस्या देखिएको हो । 

कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहानका अनुसार हाल दैनिक पाँचदेखि सातजना किसान डढुवा रोगको समस्या लिएर आउने गरेका छन् । धानको पातको फेदमा डढुवासँगै पोटासको कमी, गभारो र मिलिवग जस्ता समस्या पनि देखिएका छन् । 

उनका अनुसार डढुवाले पातको फेदमा अण्डाआकारको खैरो थोपाहरु भएपछि आकारमा वृद्धि हुँदै जान्छ र ढुसीको कालो गिर्खा देखापर्दछ । बोटको माथिल्लो भागमासमेत पुग्छ र सुकेर डढेको जस्तो देखिने यो रोगको लक्षण हो । 

नाइट्रोजन मल सिफारिस मात्रामा भन्दा बढी प्रयोग नगर्ने, उन्नत जातको धान रोप्दा बोटको दूरी बढाउने, भेलिडामाइसिन प्रयोग गरेर यसबाट बचाउन सकिने उनले बताए। योसँगै ढुसी नाशक विषादीको प्रयोग गर्दा यो रोग नियन्त्रण गर्न सकिने उनले बताए।

पश्चिम चितवनको बीउ उत्पादन गर्ने क्षेत्रमा लगाइएका धानमा पोटासको कमि देखिएको छ । बीउ उत्पादन गर्ने १० हेक्टर क्षेत्रफलमा पोटासको कमीले पात पहेँलिने, टुप्पा सुक्ने लक्षण देखा परेको उनले जानकारी दिए । यसले गर्दा धानमा बाला नलाग्ने र उत्पादनमा कमी आउने गर्दछ ।  

धानमा अहिले गभारोको समस्या उस्तै रहेको उनले बताए। वयस्क अवस्थामा विभिन्न आकार प्रकारका पुतलीहरू धानमा लाग्ने गर्दछ । जसको लाभ्रेहरु फिका पहेँला अथवा गुलाबी रङका अवस्थामा शरीरमा धर्का भएका हुन्छन् । यिनीहरु बिरुवाको डाँठभित्र रहन्छन् र बिरुवालाई प्रभाव पार्ने गर्दछन् ।

यसले बिरुवा कलिलो अवस्थामा आक्रमण गरेमा मृत गावा देखिन्छन् । बिरुवा फुल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो बाला देखिने उहाँले जानकारी दिए।
 
त्यसैगरी धानमा मिलिवग नामक रोगको समेत संक्रमण देखिएको छ । यो समस्या खाद्यतत्त्वको कमीले देखिने गर्दछ । अघिल्लो वर्षको तुलनामा धेरै क्षेत्रफलमा यो समस्या देखिएको छ । समयमा पानी नपर्दा बुढो बेर्ना रोप्ने किसानहरूका खेतमा यो समस्या देखिएको हो । यसले सानै बोटमा पसाउने र गाँज हाल्न नसक्ने हुन्छ । 

यो समस्या समाधान गर्न खेतमा पानीको सतह बढाउने, खेतभित्र र वरिपरि रहेका घाँसपातहरु हटाउने, कीराको प्रकोप ज्यादा भएमा तत्काल नजिकको कृषि कार्यालयमा सम्पर्क गर्न उनले सुझाव दिए । जिल्लामा यस वर्ष २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । रोग, किरा र बुढो बिउ रोप्नुपर्ने बाध्यताका कारण गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको उनले बताए। 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ५ : १५ बजे

बीपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

बनेपा– लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार