उखु किसानका माग चाँडै सम्बोधन गरिने : गगन थापा | Khabarhub Khabarhub

उखु किसानका माग चाँडै सम्बोधन गरिने : गगन थापा


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत उखु किसानका माग चाँडै सम्बोधन गरिने बताएका छन्। 

बर्दिबासमा सञ्चारकर्मीहरुको जिज्ञासामा महामन्त्री थापाले सरकार उखु किसानका माग सम्बोधन गर्न अग्रसर भएको बताए। 

‘सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा किसानलाई दिइने अनुदानको रकम बजेटमा व्यवस्था गरिसकेको छ, यसअनुरूप कृषि मन्त्रालयले अनुदान दिने प्रक्रिया थालेको छ’, उनले भने, ‘अब किसानले अनुदानको रकम चाँडै पाउनेछन् ।’

सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने कार्यविधि २०७५ अनुरूप रु दुई अर्ब छुट्याइसकेको र अब रु २५ करोडजति थप्दा भुक्तानीमा समस्या नहुने उनको भनाइ थियो । यस विषयमा आपूmले कृषि मन्त्रीसँग छलफल गरेको महामन्त्री थापाले बताए।

किसानले पाउँदै आएको अनुदान लिन आन्दोलनमा उत्रनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै उनले सरकारले उखुको मूल्य निर्धारणदेखि भुक्तानीसम्मका विषयमा किसानसँग छलफल गर्नपर्ने बताए। उत्पादन गर्ने किसानको प्रतिनिधित्व नै नगराइ मूल्य लादिनु ठीक नहुने उनले स्पष्ट पारे ।

महामन्त्री थापा सर्लाहीको लालबन्दी–१ जुुटपानीमा नेपाली कांग्रेसका नेता वासुशरण कोइरालाप्रति श्रद्धाञ्जली दिन तथा परिवारजनप्रति सद्भाव र समवेदना व्यक्त गर्न आएको नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ६ : ४८ बजे

नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छः गभर्नर पौडेल

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले गत

रवि लामिछानेसँग आयोगले लियो ६ घण्टा बढी बयान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जाँचबुझ आयोगले

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप