आज २०८२ साल असोज १२ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज १२ गते आइतबारको राशिफल


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज १२ गते आइतबार। आश्विन शुक्ल पक्षको षष्ठी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २८ तारिख । कात्यायानी पूजा । विश्व रेविज दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । सामाजिक क्षेत्रमा प्रगति हुनेछ । आर्थिक क्षेत्रमा फाइदा हुनेछ । शिक्षामा प्रगति हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । पारिवारिक किचलो हुने भने जोखिम छ ।

वृष : दिन सामान्य छ । सम्पत्ति गुम्ने छ । आम्दानी भन्दा खर्च बढ्नेछ । व्यापारमा लगानी नगर्नु उचित हुन्छ । साथी विपक्षी मोर्चामा भएकाले बहुमत गुम्ने जोखिम छ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ ।

मिथुन : दिन राम्रो छ । धार्मिक क्षेत्रको अलमलले मन शान्त बन्नेछ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा बढुवा हुनेछ । परिवारभित्र ठुलो विश्वास गर्नाले धोका हुनेछ । काम गर्दा तीन पटक सोच्नुपर्ने समय छ ।

कर्कट : दिन सामान्य छ । बोली र व्यवहारमा एकरुपता नहुँदा साथीभाइ र परिवारले शंका गर्नेछन् । राजनीतिक क्षेत्रमा काम गर्दा सचेत बन्नुपर्ने छ । राजनीतिमा धोका हुने जोखिम छ । मनमा चञ्चलता बढ्नेछ ।

सिंह : दिन सामान्य छ । आफन्तले नै विरोध गरेको सुन्नुपर्ने छ । संकटमा सहयोग प्राप्त नहुने जोखिम छ । राजनीतिक र सामाजिक क्षेत्रमा अवरोध सिर्जना हुनेछ । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ ।

कन्या : दिन सामान्य छ । परिवारको बोझले सताउने छ । आर्थिक कारोबार ठुलो नगर्नु उति हुन्छ । संकटको समयमा परिवारको सल्लाह अनुसार लगानी गर्नु उचित हुन्छ । संकटमा दाजुभाइसँगको सहकार्यले फाइदा मिल्नेछ । प्रेम सम्बन्धमा भने धोका हुने जोखिम छ ।

तुला : दिन राम्रो छ । आम्दानी बढ्नेछ । व्यापार र सामाजिक क्षेत्रमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । धैर्य भएर काम गर्नुपर्ने समय छ । परिवारमाथि विश्वास गर्दा धोका हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । औषधी नियमित गर्नु उचित हुन्छ।

धनु : दिन राम्रो छ । तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेका काम बन्नेछन् । गुरुसँगको भेटले नयाँ योजना बन्नेछन् । स्वास्थ्य क्षेत्रमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । परिवारको साथ र सहयोग प्राप्त होला ।

मकर : दिन सामान्य छ । बोल्नु भन्दा पहिला तीन पटक सोच्नु राम्रो हुन्छ । सञ्चित धन खर्च हुनेछ । श्रम शोषण गर्नेसँग सचेत बन्नुपर्ने दिन छ । परिवारमा विश्वास गर्ने बानीले धोका हुने जोखिम छ ।

कुम्भ : दिन राम्रो छ । धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ । पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन् । मन चञ्चल हुने भएकाले धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ । संकटमा परिवारको साथ र सहयोग प्रााप्त हुनेछ ।

मीन : दिन राम्रो छ । आम्दानीका स्रोत फेला पर्नेछन् । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । सामाजिक क्षेत्रमा प्रगति हुनेछ । राजनीतिमा भने सक्रिय नहुनु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ५ : १५ बजे

प्रधानमन्त्रीलक्षित निश्कलको व्यङ्ग्य- चिया पसलमा पुग्ने फुर्सद, किसानका समस्या सुन्ने फुर्सद छैन

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको