साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिवद्ध : मन्त्री सिन्हा « Khabarhub

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिवद्ध : मन्त्री सिन्हा


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएकाले सो क्षेत्रको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिवद्ध भएर लाग्ने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटघाट र छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री सिन्हाले अर्थतन्त्रको महत्त्वपूर्ण पाटोका रूपमा रहेका घरेलु तथा साना उद्योगहरू सरकारको प्राथमिकता प्राप्त क्षेत्र भएको बताए ।

मन्त्री सिन्हाले स्वदेशी वस्तुहरूको प्रयोगलाई प्राथमिकता दिने नीति अङ्गीकार गरेको जानकारी दिँदै यस्तो प्रयोगले रोजगारी सृजना गर्ने, स्थानीय उद्योगलाई मजबुत बनाउने र आयातलाई घटाउने अपेक्षा गरिएको बताए ।

मुलुकको पुनर्निर्माण तथा मर्मतका कामहरूमा स्थानीय स्रोतसाधन र स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले आगामी निर्वाचनका लागि जेजति वस्तु आवश्यक पर्छ स्थानीय तहमा पाइने वस्तुलाई प्राथमिकतामा राख्न विशेष अनुरोध गरे ।

सार्वजनिक निकायहरूको खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता रहेको भन्दै मन्त्री सिन्हाले विशेषगरी फर्निचर र निर्माण सामग्रीमा पुनर्निर्माणमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागू गरिने उल्लेख गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले बैंकको उच्च ब्याजदरका कारण लघु, घरेलु तथा साना उद्यमी ऋण तिर्न असमर्थ रहेकाले ब्याजदर घटाउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानाकर्षण गराए ।

उद्यमीले लिएको ऋणको पुनर्तालिकीकरण तथा ऋण पुनर्संरचनाको आवश्यकता औँल्याउँदै उनले यस्ता उद्योगको हकमा सहुलियतपूर्ण कर्जाको दायरा तीन करोड पुर्‍याउनुपर्ने र न्यून व्याजदरमा सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानाकर्षण गराए ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउत, महासङ्घका उपाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको उपस्थिति थियो । (रासस)

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ७ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै