सल्यानमा गाडी दुर्घटना, ३ जनाको मृत्यु, दुईजना घाइते « Khabarhub

सल्यानमा गाडी दुर्घटना, ३ जनाको मृत्यु, दुईजना घाइते


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सल्यानमा माइक्रो बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

आज बिहान रुकुमबाट दाङका लागि गुडेको लु२ख ६५०२ नम्बरको माइक्रो बस सल्यानको कपुरकोट–३ चोरखोलामा भएको दुर्घटनामा एक महिला र २ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले जानकारी दिए ।

मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ का ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

गम्भीर घाइते हुनेमा रुकुमपश्चिम बाँफिकोट गाउँपालिकाका ४७ वर्षीय खगेन्द्र केसी र सोही ठाउँका ३६ वर्षीय डिना केसी छन् । घाइतेहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पातल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहपुरमा लगिएको छ ।

माइक्रो बस सडकबाट करिब चारसय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : ३२ बजे

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका