बाह्र केजी गाँजासहित दुई महिला पक्राउ « Khabarhub

बाह्र केजी गाँजासहित दुई महिला पक्राउ


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय लीलादेवी राम छन् ।

प्रहरी चौकी नेपालटारका गस्ती टोलीले शनिबार नेपालटारस्थित कमान क्षेत्रमा गस्तीका क्रममा दुई महिला र उनीहरूका साथबाट गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले बताए ।

उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरेर सिरहा लहान हुँदै भारततर्फ पैठारी गर्ने लक्षका साथ उनीहरूले गाँजा खरिद गरेर फर्कने क्रममा कमानमा प्रहरी गस्ती टोलीले पक्राउ गरेको उनको भनाइ ।

पक्राउ गरिएका दुई महिलालाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १० : ३८ बजे

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका