नेपाल–फिलिपिन्स सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक कार्यक्रम « Khabarhub

नेपाल–फिलिपिन्स सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक कार्यक्रम


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सले फिलिपिन्सको राजधानी मनिलामा आगामी मङ्सिर २३ मा ‘मनिला अन्तर्राष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएका छन् । 

यहाँ आयोजित पत्रकार सम्मेलनमा एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले उक्त जानकारी दिँदै नेपाल र फिलिपिन्सबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताइन् ।

‘नेपालको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, त्यस अवसरमा नेपाल र फिलिपिन्स दुवै देशका कलाकारहरूले मौलिक प्रस्तुति दिनुहुनेछ’, अध्यक्ष लामाले भनिन्, ‘कार्यक्रममा विभिन्न विधामा कलाकार तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिने ।’

कम्पनीका प्रबन्ध निर्देशक फुर्वा ग्याल्बो मोक्तानले कार्यक्रममा विश्वशान्ति र विकास, मानवतावाद, सार्वजनिक सेवा, व्यवसाय र अन्तर्राष्ट्रिय कूटनीतिजस्ता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व र संस्थाहरूलाई सम्मान गरिने बताए । 

उनले भने, ‘यो कार्यक्रम दुवै देशको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि एउटा सांस्कृतिक उत्सव हुनेछ, नेपाली कलाकारहरूले आफ्नो कला अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर पनि पाउनुहुनेछ ।’

नेशनल डाइनामिक आटर्स (एनडिए)का अध्यक्ष देवराज गुरुङले कार्यक्रमले दुई देशबीचको कला र संस्कृति आदानप्रदानमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । 

फिलिपिन्सस्थित ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सका तर्फबाट जोभ्यलिन एसस्पालाब्रा र केनेथ गाय साल्भाटुसले श्रव्यदृश्यका माध्यमबाट आफूहरु नेपाली कम्पनीसँगको सहकार्यमा काम गर्न पाउँदा हर्षित भएको उल्लेख गर्दै नेपाली कलाकारलाई फिलिपिन्समा स्वागत गर्न प्रतीक्षारत रहेको बताए ।

एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टले यसअघि चीन, जापान, युएईलगायत देशमा पर्यटन प्रवर्द्धन र कला तथा संस्कृति आदानप्रदानका कार्यक्रम आयोजना गरिसकेको छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १ : ०४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा