एथ्लेटिसँग रियलको शर्मनाक हार, मड्रिड डर्बीमा ७५ वर्षयताकै फरकािलो नतिजा « Khabarhub

एथ्लेटिसँग रियलको शर्मनाक हार, मड्रिड डर्बीमा ७५ वर्षयताकै फरकािलो नतिजा


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

मड्रिड – स्पेनिस ला लिगाको डर्बीमा एथ्लेटिको मड्रिडले रियल मड्रिडमाथि ५–२ को शानदार जित दर्ता गरेको छ।

शनिबार राति एस्तादियो मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टिमले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै प्रतिद्वन्द्वीलाई नमिठो नतिजासहित पराजय गरेको हो।

खेलको १३औँ मिनेटमै रोबिन ले नोर्मान्ड को हेडरमार्फत एथ्लेटिकोले अग्रता लिएको थियो।

तर २४औँ मिनेटमा किलियन एमबाप्पे र ३५औँ मिनेटमा आर्दा ग्युलर को गोलसँगै रियल २–१ ले अघि बढेको थियो। पहिलो हाफको इन्जुरी समयमा अलेक्जान्डर सर्लोथ को हेडर गोलले स्कोर २–२ बनायो।

दोस्रो हाफमा खेल पूर्ण रूपमा एथ्लेटिकोको पक्षमा पल्टियो। ५०औँ मिनेटमा जुलियन अल्भारेज ले पेनाल्टीमार्फत गोल गरे भने ६३औँ मिनेटमा फ्री–किकमार्फत व्यक्तिगत दोस्रो गोल थपे। इन्जुरी समयको दोस्रो मिनेटमा एन्टोइन ग्रिजमान ले काउन्टर आक्रमणबाट गोल गर्दै स्कोरलाई ५–२ मा पुर्‍याए।

यो जितसँगै एथ्लेटिको मड्रिडले ७५ वर्षयताकै पहिलो पटक रियलविरुद्ध पाँच गोल गरेको छ। यस हारसँगै रियल मड्रिडको यो सिजनको अपराजित यात्रा टुंगिएको छ।

विशेषगरी सेट–पिस र डिफेन्समा कमजोर प्रदर्शन गरेपछि रियल प्रशिक्षक जाभी अलोन्सो दबाबमा परेको छन्। एथ्लेटिकोका लागि भने यो जितले शीर्ष स्थानका टिमसँगको प्रतिस्पर्धामा बलियो सन्देश दिएको छ।

रियलको अफ–बल समस्या उस्तै

सिजनको सुरुवाती सात खेलमा रियलको डिफेन्स स्थिर देखिएको थियो। तर, एथ्लेटिकोविरुद्धको खेलले गत सिजनका समस्या पुनः उदांगियो ।

खेलाडीहरूको तीव्रता र एकतामा कमी देखियो। मैदानमा धेरै खाली ठाउँ थियो, जसले गर्दा प्रतिद्वन्द्वीलाई आक्रमण गर्न सजिलो भयो।

चारजना मध्यपंक्तिमा खेले पनि रियलको मिडफिल्ड कमजोर देखियो। अउरेलियन चोआमेनी ले सिजनकै खराब खेल खेले भने फेडे भाल्भेर्दे पनि आफ्नो स्तरमा थिएनन्। नयाँ अनुहार आल्भारो कारेरास र डिन हुइजसेन समेत प्रभावहीन रहे।

डिफेन्सको समस्या सेट–पिसमा झन् स्पष्ट भयो। पाँचै गोल असावधानीका कारण भए — अनावश्यक पेनाल्टी, दुई कमजोर मार्किङका हेडर, लापरबाही फाउलबाट आएको फ्री–किक र अन्तिम समयमा काउन्टर गोल।

रियलले पहिलो हाफमा मात्र दुई गोल गर्ने अवसर पायो, जुन पनि खास खतरनाक आक्रमणबाट आएको थिएन। त्यसपछि भने उनीहरू पूर्ण रूपमा निर्बल देखिए। जुड बेलिङ्घम प्रभावहीन रहे, एमबाप्पे शान्त देखिए र भिनिसियसको असिस्ट बाहेक केही खास भएन।

खेलभर जान ओब्लाकलाई थोरै मात्र चुनौती दिन सकियो। पाँचजना आक्रमणकर्तासहित मैदानमा रहे पनि वास्तविक अवसर सिर्जना गर्न सकेनन्।

जाभी अलोन्सोको विवादास्पद निर्णय

यो हारमा खेलाडीहरूको भूमिका प्रमुख भए पनि प्रशिक्षक अलोन्सोको निर्णयले पनि असर पारेको देखियो। फिट नदेखिएका जुड बेलिङघाम लाई सुरुवातमै खेलाउनु रणनीतिक गल्ती मानियो।

फ्रान्को मास्तान्तुओनो सुरुमा भए खेलको लिङ्क–अप राम्रो हुन सक्थ्यो भन्ने धारणा छ। राम्रो खेलिरहेका आर्दा ग्युलर लाई बेलिङघाम भन्दा पहिले निकाल्नु अझै प्रश्न उठाउने निर्णय थियो । ढिला गरेर ल्याइएका गोंजालो गार्सिया जस्ता विकल्पले पनि खेल पल्टाउन सकेनन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  २ : ३३ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी