एथ्लेटिसँग रियलको शर्मनाक हार, मड्रिड डर्बीमा ७५ वर्षयताकै फरकािलो नतिजा | Khabarhub Khabarhub

एथ्लेटिसँग रियलको शर्मनाक हार, मड्रिड डर्बीमा ७५ वर्षयताकै फरकािलो नतिजा


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

मड्रिड – स्पेनिस ला लिगाको डर्बीमा एथ्लेटिको मड्रिडले रियल मड्रिडमाथि ५–२ को शानदार जित दर्ता गरेको छ।

शनिबार राति एस्तादियो मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टिमले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै प्रतिद्वन्द्वीलाई नमिठो नतिजासहित पराजय गरेको हो।

खेलको १३औँ मिनेटमै रोबिन ले नोर्मान्ड को हेडरमार्फत एथ्लेटिकोले अग्रता लिएको थियो।

तर २४औँ मिनेटमा किलियन एमबाप्पे र ३५औँ मिनेटमा आर्दा ग्युलर को गोलसँगै रियल २–१ ले अघि बढेको थियो। पहिलो हाफको इन्जुरी समयमा अलेक्जान्डर सर्लोथ को हेडर गोलले स्कोर २–२ बनायो।

दोस्रो हाफमा खेल पूर्ण रूपमा एथ्लेटिकोको पक्षमा पल्टियो। ५०औँ मिनेटमा जुलियन अल्भारेज ले पेनाल्टीमार्फत गोल गरे भने ६३औँ मिनेटमा फ्री–किकमार्फत व्यक्तिगत दोस्रो गोल थपे। इन्जुरी समयको दोस्रो मिनेटमा एन्टोइन ग्रिजमान ले काउन्टर आक्रमणबाट गोल गर्दै स्कोरलाई ५–२ मा पुर्‍याए।

यो जितसँगै एथ्लेटिको मड्रिडले ७५ वर्षयताकै पहिलो पटक रियलविरुद्ध पाँच गोल गरेको छ। यस हारसँगै रियल मड्रिडको यो सिजनको अपराजित यात्रा टुंगिएको छ।

विशेषगरी सेट–पिस र डिफेन्समा कमजोर प्रदर्शन गरेपछि रियल प्रशिक्षक जाभी अलोन्सो दबाबमा परेको छन्। एथ्लेटिकोका लागि भने यो जितले शीर्ष स्थानका टिमसँगको प्रतिस्पर्धामा बलियो सन्देश दिएको छ।

रियलको अफ–बल समस्या उस्तै

सिजनको सुरुवाती सात खेलमा रियलको डिफेन्स स्थिर देखिएको थियो। तर, एथ्लेटिकोविरुद्धको खेलले गत सिजनका समस्या पुनः उदांगियो ।

खेलाडीहरूको तीव्रता र एकतामा कमी देखियो। मैदानमा धेरै खाली ठाउँ थियो, जसले गर्दा प्रतिद्वन्द्वीलाई आक्रमण गर्न सजिलो भयो।

चारजना मध्यपंक्तिमा खेले पनि रियलको मिडफिल्ड कमजोर देखियो। अउरेलियन चोआमेनी ले सिजनकै खराब खेल खेले भने फेडे भाल्भेर्दे पनि आफ्नो स्तरमा थिएनन्। नयाँ अनुहार आल्भारो कारेरास र डिन हुइजसेन समेत प्रभावहीन रहे।

डिफेन्सको समस्या सेट–पिसमा झन् स्पष्ट भयो। पाँचै गोल असावधानीका कारण भए — अनावश्यक पेनाल्टी, दुई कमजोर मार्किङका हेडर, लापरबाही फाउलबाट आएको फ्री–किक र अन्तिम समयमा काउन्टर गोल।

रियलले पहिलो हाफमा मात्र दुई गोल गर्ने अवसर पायो, जुन पनि खास खतरनाक आक्रमणबाट आएको थिएन। त्यसपछि भने उनीहरू पूर्ण रूपमा निर्बल देखिए। जुड बेलिङ्घम प्रभावहीन रहे, एमबाप्पे शान्त देखिए र भिनिसियसको असिस्ट बाहेक केही खास भएन।

खेलभर जान ओब्लाकलाई थोरै मात्र चुनौती दिन सकियो। पाँचजना आक्रमणकर्तासहित मैदानमा रहे पनि वास्तविक अवसर सिर्जना गर्न सकेनन्।

जाभी अलोन्सोको विवादास्पद निर्णय

यो हारमा खेलाडीहरूको भूमिका प्रमुख भए पनि प्रशिक्षक अलोन्सोको निर्णयले पनि असर पारेको देखियो। फिट नदेखिएका जुड बेलिङघाम लाई सुरुवातमै खेलाउनु रणनीतिक गल्ती मानियो।

फ्रान्को मास्तान्तुओनो सुरुमा भए खेलको लिङ्क–अप राम्रो हुन सक्थ्यो भन्ने धारणा छ। राम्रो खेलिरहेका आर्दा ग्युलर लाई बेलिङघाम भन्दा पहिले निकाल्नु अझै प्रश्न उठाउने निर्णय थियो । ढिला गरेर ल्याइएका गोंजालो गार्सिया जस्ता विकल्पले पनि खेल पल्टाउन सकेनन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  २ : ३३ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय  

काठमाडौं– सरकारले स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा

राप्रपा नेपालले राख्यो राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव

काठमाडौं- समान विचार भएका राजनीति दल र शक्तिसँग सहकार्य र

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर

नयाँ यात्रा थालेका जनार्दन अध्यक्ष नबन्ने, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले आफू

जनार्दनले भने : प्रचण्ड-माधवलाई जनताले अस्वीकार गरिसके, एकताको कुनै अर्थ छैन 

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू पदको लोभी