धरानका मेयर साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, दर्ताका लागि आयोगमा निवेदन « Khabarhub

धरानका मेयर साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, दर्ताका लागि आयोगमा निवेदन


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।

उनका सहयोगीहरूका अनुसार साम्पाङले नयाँ पार्टी खोल्नका लागि निवेदन दिएका हुन् । उनले ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिएको सहयोगीहरूले बताएका छन् ।

मेयर साम्पाङले पनि निर्वाचन आयोगमा ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ दर्ता गराएको जानकारी आइतबार दिएका छन् ।

तर उक्त पार्टीको कार्यनीति र नेताहरूको को को छ भन्ने उनले केही पनि खुलाएका छैनन् ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा समेटिने कोसिस असफल भएपछि उनी धरान फर्किएका थिए ।

धरान गएदेखि उनले निरन्तर काठमाडौंका मेयर बालेन्द्र साहमाथि सामाजिक सञ्जलबाट प्रहार गरिरहेका छन्।

२०७९ को निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उठेका उनले लौरो चुनाव चिह्नबाट जित निकालेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको