डेरामा बस्नेको सहजताका लागि घट्टेकुलो चोकमा सामूहिक दुर्गा पूजा « Khabarhub

डेरामा बस्नेको सहजताका लागि घट्टेकुलो चोकमा सामूहिक दुर्गा पूजा


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका–२९ स्थित घट्टेकुलो चोकमा डेरामा बस्नेको सहजताका लागि दुर्गा स्थापना गरेर घटस्थापनासहित सामूहिक पूजा आराधना भइरहेको छ । जय जनता ट्रेनिङ वेलफेयर काउन्सिलले गत वर्षदेखि घट्टेकुलो चोकमा दुर्गाको अस्थायी मूर्ति स्थापना गरेर पूजा, आराधना गर्न थालेको हो । 

काउन्सिलका अध्यक्ष सुनिलराज भण्डारीले विभिन्न जिल्लाबाट काठमाडौँ आएर डेरामा बस्नेलाई दुर्गा देवीको पूजा आराधनाका लागि सहजता होस् भन्ने उद्देश्यले दुर्गा स्थापनासहित पूजा, आराधनाको व्यवस्था गरिएको बताए । डेरामा बस्नेले सबै व्यवस्था गर्न असहज हुने भएकाले चोकमा दुर्गाको आराधना सुरु गरिएको उनले उल्लेख गरे । 

डेढ दशकदेखि यहाँ फलफूल पसल सञ्चालन गरिरहेका दोलखाका रविप्रसाद काफ्लेले पुर्ख्यौली थातथलो फर्कन नसक्नेका लागि यसले सहयोग पुर्‍याउने बताए । काठमाडौंको मुख्य बजारको चोकमा यसरी दुर्गा पूजा हुने पहिलो स्थान बनेको आफूले देखेको उनको भनाइ छ ।

कुपण्डोल र पशुपति क्षेत्रलगायत स्थानमा यसरी नै चोकमा दुर्गा स्थापना गरेर पूजा, आराधना गर्ने र स्थानीयलाई सहजीकरण गर्ने काम भइरहेको काउन्सिलका सचिव सुबोधचन्द्र साहले जानकारी दिए। बहालमा बस्ने सबैकामा दुर्गा पूजा गर्ने स्थान नहुने भएकाले यसले सबैलाई चाडपर्व मनाउन सहयोग गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : ३० बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा