मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन « Khabarhub

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको स्थलगत अनुगमन गरेका छन् ।  

उनले आइतबार अनुगमनका क्रममा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट आवश्यक बजेट छुट्टाउन पहल गर्ने बताए  । 

आन्दोलनका क्रममा नगरपालिकामा भएको आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेको उल्लेख गर्दै उनले स्थानीय सरकारलाई शीघ्र राहत र पुनर्निर्माणमा आवश्यक सहयोग पुर्‍याउने व्यवस्था मिलाउन पहल गर्ने बताए । 

मुख्यमन्त्री शाहले आन्दोलनबाट पुगेको क्षतिको मूल्याङ्कन गरी तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणमा सङ्घ तथा प्रदेश सरकारले चासो जानुपर्ने बताए । 

जेन-जी आन्दोलनका क्रममा नगरपालिकामा भएको आगजनी र तोडफोडबाट उत्पन्न चुनौतीलाई समाधान गर्दै पुनर्निर्माणको काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारीमा नगरपालिकाले ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले मुख्यमन्त्री शाहलाई आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट नगरपालिकालाई रु नौ करोड ५३ लाखभन्दा बढीको भौतिक क्षति भएको जानकारी गराए । 

नगरपालिकाले यसपालीको बजेटबाट पुनर्निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको र स्थानीय तथा सहयोगी दाताबाट सामग्री र नगद सङ्कलनको काम पनि अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत विनाडीले बताए । 

नगरपालिकाका विभिन्न सार्वजनिक संरचना, विद्यालय र व्यक्तिका घरधुरीमा क्षतिको समीक्षा गर्दै आवश्यक प्राथमिकताको सूची तयार गरेको जनाइएको छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : ५४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा