खसी–बोका बिक्री हुँदा सुदूरपश्चिमका किसान खुसी « Khabarhub

खसी–बोका बिक्री हुँदा सुदूरपश्चिमका किसान खुसी


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका बिक्री गर्न भ्याइनभ्याइ छ । दसैँको समयमा सहरी क्षेत्रमा खसी–बोकाको बिक्री बढ्दा बाख्रापालनमा गरेको मेहनत र लगानी उठ्न थालेको भन्दै उनी खुसी छन् । 

थापाले भपे, ‘गाउँमा खसी–बोकाको त्यति माग नहुने भएपछि सहरमा ल्याएर बिक्री गरिरहेको छु । माग राम्रै छ, आम्दानीले घर खर्च चलाउन सहज हुँदैछ ।’ उनको खोरमा १५० गोटासम्म खसीबोका छन् । हाल विशेष गरी बोकाको माग राम्रो भइरहेको र जिउँदो बोका प्रतिकिलो ५५० रुपैयाँका दरमा बिक्री गर्ने गरेको थापाले सुनाए ।   

उनले धनगढीमा ८० बोका ल्याएर घुम्ती व्यापार गरिरहेका छन् । उनले भने, ‘चुरे गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत बाख्रपालन, फलफूल र तरकारीखेती हो, तर पछिल्ला वर्षमा जङ्गलमा चर्न जाने बाख्रालाई  बाघले खाने समस्या बढ्दा हामी चिन्तित छौँ ।’

चुरे गाउँपालिकाका किसानले खोरमा कम्तीमा २० देखि बढीमा १५० गोटासम्म बाख्रापालन गरिरहेको बताइएको छ । व्यापारी दुर्गाबहादुर खम्जालीले चुरे क्षेत्रका खसी–बोकाको माग काठमाडौँ र पोखरासम्मका व्यापारीबाट आउने गरेको बताए ।

पछिल्लो समय बलि दिने परम्परामा कमी आउन थालेको र साकाहारी हुनेको सङ्ख्या बढ्दै जाँदा विगतका जस्तो माग भने नरहेको उनको भनाइ छ । 

चुरे गाउँपालिका बाख्रापालनका लागि पकेट क्षेत्रका रूपमा रहेको छ ।  बडादसैँको समयमा यो क्षेत्रमा पालिएका खसी–बोकाको माग बढी हुने गरको छ । बाख्रापालन व्यवसायका लागि चुरे क्षेत्रलाई सरकारले पकेट क्षेत्र घोषणा गरे पनि सहयोग नपाइरहेको कृषकको गुनासो छ ।

‘सरकारले बख्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्छ, तर कुनै किसिमको सहयोग गर्दैन, किसानले दर्ता भएको फर्मअनुसार कर मात्र तिर्दै आएका छौँ’, अधिकांश किसानको गुनासो छ । 

चुरे गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत बाख्रापालन, फलफूल, अदुवा र बेसारको खेती रहेको छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : १३ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।