‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’ « Khabarhub

‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्न पहल गर्ने बताएका छन् ।
  
आइतबार आफ्नै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस  प्रवक्ता डा महतले विगतमा भएका कमीकमजोरीलाई सुक्ष्म ढङ्गबाट समीक्षा गरी पार्टी अघि बढ्ने बताए । 

उनले यही असोज २६ गते पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने केन्द्रीय समितिको बैठकबाट महाधिवेशनसम्बन्धी विषयले निकास पाउने स्पष्ट गरे ।   

उनले लोकतन्त्रका पक्षमा जीवनभर लडेका पार्टीका शीर्ष नेताहरूप्रति वितृष्ण फैलाउने काम भइरहेको भनी आपत्ति व्यक्त गरे । 

संसदीय व्यवस्थासहित प्रजातन्त्रका पक्षमा लडेका राजनीतिक दलहरूलाई निषेध गर्न खोजेकाजस्ता चर्चा सामाजिक सञ्जालमा देखिएको उल्लेख गर्दै यदि त्यस्तो भए कांग्रेसलाई त्यो स्वीकार नहुने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : ४७ बजे

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना

फ्रान्समा हिंसात्मक प्रदर्शन : शान्ति कायम गर्न राष्ट्रपति म्याक्रोको आह्वान

पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा