ओलीको पासपोर्ट रद्द गर्ने निर्णयले आयोगकै विश्वसनीयतामा प्रश्न उठ्यो : एमाले « Khabarhub

ओलीको पासपोर्ट रद्द गर्ने निर्णयले आयोगकै विश्वसनीयतामा प्रश्न उठ्यो : एमाले


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रद्द गर्ने निर्णयले जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगको विश्वसनीयतामा प्रश्न खडा गरेको आरोप लगाएको छ ।

आइतबार अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकले जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यसअघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर र दशैँको मौका पारेर गरिएको उक्त कदम राजनीतिक प्रतिशोधयुक्त भएकाले बैठकले गम्भीर आपत्ति प्रकट गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत प्रश्न खडा गरेको बैठकको निष्कर्ष रहेको उनले बताए ।

त्यस्तै बैठकले आन्दोलनका क्रममा भएका घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनू भनेर प्रहरीलाई गरेको निर्देशनप्रति पार्टीको ध्यानाकर्षण भएको ज्ञवालीले बताए ।

यस निर्देशनले अपराध अनुसन्धान गर्ने प्रहरीको कानूनसम्मत क्षेत्राधिकारमाथि हस्तक्षेप मात्रै नभइ अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : ४१ बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?