मुस्ताङमा भारी हिमपात (तस्बिरहरू) « Khabarhub

मुस्ताङमा भारी हिमपात (तस्बिरहरू)


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ । गएरातिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

हिमपात भएपछि मुस्ताङको धार्मिकस्थत मुक्तिनाथ मन्दिर हिउँले ढपक्कै ढाकेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले अहिले मुस्ताङको यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ ।

मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बागलुङका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ भने उच्च भेगमा हिमपात भइरहेको छ ।

यसैगरी, उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको अधिकांश ठाउँमा गएरातिदेखि नै बाक्लो हिमपात भइहेको छ। यो पालिका हिमालपारिको गाउँपालिका हो ।

मनाङको ङिस्याङ गाउँपालिकामा पनि भारी हिमपात भएको छ । हिमपात भएपछि गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै पदयात्रा नगर्न आग्रह गरेको छ ।

मनास्लु पदमार्गअन्तर्गत पर्ने क्षेत्रमा अझै दुई दिन यात्रा नगर्न र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : ०९ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज