शंकर पोखरेल भन्छन्– लुटपाट र विध्वंसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ  « Khabarhub

शंकर पोखरेल भन्छन्– लुटपाट र विध्वंसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ 


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन सम्बन्धी लुटपाट, आगजनी र विध्वंसका घटनामा जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाकाे विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ।’

पोखरेलले ती घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने बताएका हुन् । ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्, सबैलाई कडा कारबाही गरौँ, देश जलिरहेको बेला आरोपप्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ’, उनले भनेका छन् ।

उनले हिंसाका घटनाप्रति स्पष्ट दण्ड र न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । आन्दोलनका क्रममा आफ्नो घर जलाउन एमालेका कार्यकर्ता आएको दाबी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लगाएका थिए ।

जेन–जी आन्दोलनका क्रममा भएको क्षति र सवारीसाधन, व्यापारिक प्रतिष्ठान तथा सार्वजनिक सम्पत्तिमा पुगेको नोक्सानीलाई लिएर अहिले कारबाहीका लागि दबाब बढिरहेको छ ।  आन्दोलनका क्रममा विध्वंसमा संलग्न भएको भन्दै कलाकारहरूमाथि पनि छानबिन हुनुपर्ने आवाज बढिरहेको छ ।

हालसम्म हिंसा र विध्वंससम्बन्धी घटनाबारे छानबिनका लागि गठित आयोगले प्रतिवेदन दिएको छैन । तर प्रहरीले २ सय ५० भन्दा धेरैलाई पक्राउ गरेर मुद्दा चलाइरहेको छ । अकल्पनीय विध्वंस र हिंसाबारे  अहिले राजनीतिक आरोपप्रत्यारोप चलिरहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १० : ०२ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क