ईःईः को विश्लेषण : गृहमन्त्री अर्याललाई हटाउने बालेनको कसरतले प्रधानमन्त्री नै फेरिन सक्छन् | Khabarhub Khabarhub

ईःईः को विश्लेषण : गृहमन्त्री अर्याललाई हटाउने बालेनको कसरतले प्रधानमन्त्री नै फेरिन सक्छन्


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक अभियन्ता ईःईः ले भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि सिर्जना भएका उथलपुथल र नयाँ सरकार गठन प्रक्रियामा रहेका केही अदृश्य खेलको व्याख्या गरेका छन् । उनले नयाँ सरकारको प्रारम्भिक प्रयास सानो समूहभित्र सीमित रहेकाले ठूला दल र शक्ति केन्द्रहरू त्यति सक्रिय नभएका बताएका छन् । 

 ईःईःले भदौ २४ को उथलपुथलपछि पहिलो प्राथमिकता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने तयारी भएको खुलाएका छन् । 

तर परिस्थिति बिग्रँदा बालेनले प्रधानमन्त्री हुनबाट पछि हटेका पनि उनले खुलाएका छन् । केपी शर्मा ओलीको तत्कालीन सरकार ढलेपछि दोस्रो प्राथमिकतामा रवि लामिछाने भए पनि विकराल परिस्थितिले उनको ओज घटाइदिएको उनले उल्लेख गरेका छन् ।

भदौ २५ गते पूर्वप्रधानन्यायाधीश  कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास भए पनि संविधानका विषयमा फरक मत सर्वस्वीकार्य हुन नसकेपछि त्यो सम्भव नभएको उनले उल्लेख गरेका छन् ।

उनले अन्ततः सर्वस्वीकार्य र विश्वासयोग्य व्यक्तिको आवश्यकता महसुस गरी सुशीला कार्कीलाई अगाडि ल्याइएको बताएका छन् । बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्‍टता भएका कारण उनले मौका गुमाएको उनको बुझाइ छ । तर वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले विधिसम्मत तर अडिग दृष्‍टिकोण लिँदै ठूलो भूमिका खेलेको अभियन्ताले औँल्याए।

 ईःईःले अहिले पनि अर्याल हटाएर गृहमन्त्रीका रूपमा महानगर प्रहरी प्रमुख राजु पाण्डे वा मीरा चौधरीलाई प्राथमिकता दिने प्रयत्न बालेन र उनका आसपासकाले गरिरहेका खुलाएका छन् । 

‘गृहमन्त्री कमजोर भए प्रधानमन्त्रीको पनि अवस्था बदलिन सक्छ। यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिको प्रतिस्पर्धा चलेको छ । अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट देखिन्छु,’ उनले भनेका छन् 
 
उनले प्रश्न उठाएका छन्, ु’के अहिलेको विवाद र उथलपुथलका कारण नवयुवाको रगत बगेको हो ?’ उनले यसलाई विडम्बना र निर्लज्जता भनेका छन् । सबै पक्षलाई थप सावधानी अपनाउन पनि उनले सुझाव दिएका छन्।

 ईःईः ले भदौ २३ र २४ मा भएका अपराधका दोषीहरूले कानुनी प्रक्रिया र न्यायोचित तरिकाले दण्ड पाउनै पर्ने बताएका छन् । यो केवल आम जनताको मात्रै अधिकारको सवाल नभएर जवाफदेहिता र न्याय स्थापना गर्ने प्रश्न पनि रहेको उनको बुझाइ छ ।
 
उनले समयमै निर्वाचन हुनुपर्ने मत पनि राखेका छन् । भदौ २३-२४ को भीषण अवस्थाबाट बाहिरिन पनस राजनीतिक समाधान र विधिसम्मत कदम आवश्यक रहेको कुरामा जोड दिए ।

अभियन्ताले व्यक्तिगत वा सैद्धान्तिक स्वार्थका लागि रगत बगाएर र देश जलाएर गरिने राजनीतिले कुनै दीर्घकालीन फाइदा नदिने बताएका छन् । समाजका लागि उपयुक्त मार्ग विधिसम्मत, जवाबदेही र समयमै चुनाव हुन सुनिश्चित गर्नु आजको आवश्यकता रहेको उनको मत छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ४ : १४ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि