मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह « Khabarhub

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

आज बिहानदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन।

पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्यस्थलबारे पर्याप्त जानकारी लिएर यात्रा गर्न प्रशासनले आग्रह गरेको हो।

उक्त क्षेत्रमा थप हिमपात हुने सम्भावना भएका कारण मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा यात्रा गर्दा सतर्क रहन स्थानीय प्रहरीमार्फत सतर्क रहन आग्रह गरिएको हो।

करिब ७० जना विदेशी पर्यटक मकालु आधार शिविरमा रहेको प्रजिअ थपलियाले बताए। त्यस्तैगरी नेपाली पर्वतारोही पनि ६०-७० जनाको सङ्ख्यामा अहिले मकालु आधार शिविरमा रहेको उनको भनाइ छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ११ : ०४ बजे

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक